Bisal Chautari Logo

चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

- ३ आश्विन २०७६, शुक्रबार १३:४६ मा प्रकाशित


Chha Maya Chhapkkai Movie Trailer 
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज ३ शुक्रवार।
चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ । गाउँमा राजनीतिक पृष्ठभूमीमा हुर्किएको एक पुरुष र एक यूवतीको कथामा यो चलचित्र बनेको छ।चलचित्रमा कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, नायिकाद्धय केकी अधिकारी, सुपुष्पा भट्टको मुख्य भूमिका छ ।

चलचित्रको ट्रेलरमा एउटा सामान्य मानिस कसरी राजनीतिमा लाग्छ र नेता बन्छ भन्ने देखाउन खोजिएको छ । साथै, फरक राजनीतिक पृष्ठभूमी भएका केटा र केटीको प्रेम कथालाई चलचित्र देखाउन खोजेको वुझ्न सकिन्छ ।
चलचित्र ‘छ माया छपक्कै’ असोजको २४ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ । चलचित्रमा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ । रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।
विपिन मल्लको सम्पादन रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन, हरि हुमागाँइको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । यो चलचित्र दशैंपछाडी असोज २४ गते देखि प्रर्दशन हुँदैछ।

प्रतिक्रिया