Bisal Chautari Logo

आइन्सटाइनले साथीलाई लेखेको चिठ्ठी ४० लाखमा बिक्री

- २९ फाल्गुन २०७०, बिहीबार ०६:११ मा प्रकाशित


Albert-Einstein
एजेन्सी
विश्वकै महान् भौतिकशास्त्री अल्बर्ट आइन्सटाइनले १७ अप्रिल १९४५ मा आफ्ना साथिहरुलाई लेखेको एक चिठ्ठी अहिले ४० लाख रुपैयाँमा बिक्री भएको छ । उनले सो चिठ्ठी सार्जेन्ट फ्रेंक के फ्लीगोर र उनका साथीहरुलाई लेखेका थिए ।
द्वीतीय विश्वयुद्धको दौरान अमेरिकी सार्जेन्ट र उनका साथीहरुलाई एक लेखमा भ्रम पैदा भएको थियो । उनीहरुलाई उक्त लेख बुझ्न निकै गाह्रो परेको थियो । यसैकारण उनीहरुले आइन्सटाइनलाई चिठ्ठी लेखेका थिए । यही पत्र फ्लीगोरका परिवारले ‘दि रब कलेक्शन’ को माध्यमबाट करिब ४० लाख रुपैयाँमा बिक्री गरेका हुन् । पेन्सिलवेनियामा प्राचिन दस्तावेजहरु संकलन गर्न चचिर्त ‘दि रब कलेक्शन’ का अनुसार उक्त चिठ्ठी विज्ञानको इतिहासमा महत्वपूर्ण सामग्री हो ।

add

प्रतिक्रिया