Bisal Chautari Logo

उर्वशी र कोही त छ : फ्राईडे रिलिज

- १३ मंसिर २०७०, बिहीबार ०७:३३ मा प्रकाशित


काठमाण्डौ, १३ मंसिर । नेपालि चलचित्रहरुले हलहरुमा दर्शक नपाई रहेको समयमा १४ गते शुक्रबारबाट दुई नेपाली चलचित्र अल नेपाल प्रदर्शनमा आउँने भएको छ । काठमाडौं र मोफसलका पर्दामा प्रदर्शन हुने चलचित्र ‘उर्वशी’मा अभिनेत्री निता ढुंगानाले अभिनय गरेकि छिन् ।मनिष पन्थ निर्देशित चलचित्र ‘उर्वशी’मा अभिनेत्री ढुंगानासँगै किशोर खतिवडा, नव कलाकार किशोर श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्र क्षेत्रमा केहि समय अगाडि निकै व्यास्त अभिनेत्रीको रुपमा रहेकि अभिनेत्री अरुणिमा लम्सालपनि चलचित्र ‘उर्वशी’मा अतिथि कलाकारको रुपमा देख्न सकिनेछ । माया प्रेम, विछोड र दन्द्धका दृश्य मन पराउने दर्शकलाई चलचित्र ‘उर्वशी’ प्रफेक्ट हुने चलचित्र युनिटले विश्वास लिएको छ ।
चलचित्र ‘उर्वशी’सँगै देशका पर्दामा चलचित्र ‘कोही त छ’पनि यसै साताको शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । रामजी लामिछानेद्धरा निर्देशित चलचित्र ‘कोही त छ’ मा अभिनेत्री झरना थापा, राजवल्लव कोइराला, मुकेश आचार्य लगायतको मुख्य भूमिका छ । चलचित्र ‘कोही त छ’ प्रेमकथामा आधारित रहेको बताईएको छ ।
भिडियोपनि हेर्नुहोला

प्रतिक्रिया