Bisal Chautari Logo

कृष्णकलाको ‘अविश्वासको तरङ्ग’ विमोचित

- २८ चैत्र २०७०, शुक्रबार १६:१७ मा प्रकाशित


Abiswas ko taranga

कठमाडौं, २८ चैत । इजरायल प्रवासी साहित्यकार कृष्णकला वनेमकृत अविश्वासको ‘तरङ्ग’ नामक पुस्तक केही दिन अगाडी काठमाडौंमा एक कार्यक्रमबीच विमोचित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति एवम् आयमेली कवि श्रद्धेय श्री बैरागी काइालाज्यूको प्रमुख आतिथ्यमा विमोचित भएको उक्त कृति माथि बानेश्वर क्याम्पसका डा। विष्णु राई, कवि प्राज्ञ श्रवण मुकारुङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, नेपाली वाङ्मय परिषदका अध्यक्ष शशि लुमुम्वु, मिलाप मासिकका प्रधानसम्पादक कृष्णप्रसाद भुसाल लगायतले विमोचन गरेका थिए । 

विमोचन गर्ने अतिथीहरुले नै पुस्तकमाथी टिपणीपनि गरेका थिए । विभिन्न क्षेत्रहरुका व्यक्तित्वहरुको उपस्थितिमा विमोचित भएको अविश्वासको तरङ्ग कथासङ्ग्रमा लालच, साइबर प्रेम, सत्यको जित, अविश्वासको तरङ्ग, भाग्यको खोजी, चोखो प्रेमको अन्नत पीडा, कर्तय, प्यारी सङ्गिनीको अन्तिम जीवनयात्रा र समर्पण गरी ९ ओटा कथाहरु रहेका छन् । 
मिलाप मासिक र नेपाली वाङ्मय परिषदले विमोचन कार्यक्रमको आयोजना गरेको थियो ।

add

प्रतिक्रिया