Bisal Chautari Logo

खोटाङका विक्रम राई पहिलो नेपाल आईडल २०७० (फोटो फिचर सहित )

- २ श्रावण २०७०, बुधबार १४:०१ मा प्रकाशित


साउन २ ,काठमाडौ ।
पछिल्लो समयमा दर्शकहरुको चर्चा बटुल्न सफल रियालिटि सो नेपाल आईडल २०७० को उपाधि विक्रम राई (खोटाङ, राखा वाङदेल) ले हात पारेका छन् । नेपाल प्रज्ञा प्रतिस्ठानमा आज साउन २ गते आयोजिक नेपाल आईडलको अन्तिम प्रतिस्पर्धामा प्रथम नेपाल आईडल विक्रमले आफ्ना फाईनलका चार प्रतिस्पर्धिहरुलाई उछिन्दै विजेता बनेका हुन् ।
नेपाल आईडल घोषित भएसंगै विक्रम राईले एक लाख रुपैया पैसापनि पाएका छन् । त्यस्तै जंजिर चलचित्रका निर्माता तथा कलाकार करण क्रेजिको तेस्रो चलचित्रमा गाउनपनि पाउने भएका छन्, भने एउटा एल्वम, दुईवटा म्युजिक भिडियो आयोजकले प्रदान गर्ने भएका छन् ।फाईनल राउण्डमा पर्न सफल प्रतियोगितहरु अमित परियार (धनकुटा) दोस्रो, कृष्ण खवास (मोरङ) तेस्रो, सचिन राई (खोटाङ) चाथो तथा अस्मिता अधिकारी (झापा)पचौ भएका छन् । उनिहरुलेपनि एल्वममा गाउने अवसर पाएका छन् ।
nepal idol bikram rai 
नेपाल आईडल भएपछि विसाल चौतारी डटकमसंग कुराकानि गर्दै नेपाल आईडल विक्रम राईले आफ्नो नाम घोषणा हुदा आफुलाई विस्वासै नलागेको बताए । भने मेरो स्वरलाइृ मनपराउने दर्शक श्रोताहरु स्टेजमा मलाई बधाई दिन आएपछि मात्र मैले नेपाल आईडल भएछु भन्ने पत्याए, नेपाल आईडल विक्रले बताए । आफ्नो नाम घोषणा हुदा आफ्नो आमा बाबालाई सम्झिएको विक्रले आखा भरी खुसिका आसु पुछदै बताए ।
 नेपाल आईडलमा यो स्थान सम्म ल्याउन सहयोग गर्ने विशेष आफ्नो दाई केशव राईलाई सम्झिए । भने म नेपाल आईडलमा यो स्थान सम्म आईपुग्नका लागि मेरो दाई केशवको ठुलो हात छ । समग्ररुपमा राईले आफ्ना दर्शक तथा श्रोताहरुलाईपनि बधाई दिदै आउदा दिनहरुमापनि साथ दिन आग्रह गरे । प्रतियोगिताका आफ्ना प्रतिस्पर्धिहरुलाईपनि बधाई दिदै विक्रमले प्रतिस्पर्धामा उत्रन आग्रह गरे । कुराकानिको अन्तमा विक्रमले नेपाल आईडल जस्तो प्रतियोगिताहरु नेपालि संगितमा आवश्यक रहेको बताए । विक्रमले भने नेपाल आईडललाई निरन्तरता दिन जरुरी छ । 
nepal idol bikram rai 
रेडलाईट इन्टरटेन्मेन्टको आयोजनामा ०६९ भदौ ७ गतेदेखि सुरु भएको नेपाल आईडलको निर्णायकहरु कार्यक्रमका अध्यक्ष तथा संगितकार ओम प्रकाश राई, अशोक राई, मिन सागर लामा लगायत थिए । नेपल आईडलका अध्यक्ष तथा वरिष्ठ संगितकार ओम प्रकाश राईले बताए ।
तस्विरहरु : ज्ञानु राई 

nepal idol bikram rai 

प्रतिक्रिया