Bisal Chautari Logo

गायिका उमा खड्काको ”तकदिर”

- १० चैत्र २०७५, आईतवार ०५:४८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १० आइतबार ।
नेपाली लोकदोहोरी गीत संगीतको बजार फराकिलो बन्दै गइरहेको परिपेक्षमा अन्जना डिजिटल मिडिया प्रालीको प्रस्तुतीमा उमा खड्काको पहिलो लोकदोहोरी गीत ” तकदिर”को भिडियो बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक अर्जुन पन्त ,गायिका उमा खड्का र विष्णु परिवारको सुमधुर आवाज रहेको छ ।

गीतमा नेपाली पनको आभाष दिने किसिमको शब्द तथा लय सिर्जना रहेको छ । आफना मायालुले मायामा डुवाएको कुरालाई गीतमा समेटिएको छ । आफनो मायालुलाई भेटनको लागी जिवनमा आशा नभएको कुरालाई गीतमा समावेश गरिएको छ । उमा खड्काको शब्द तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ ।

सुशिल डाँगीको छायाँकन , प्रकाश एस केको सम्पादन , र निशान एस केको भिडियोमा निर्देशन रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको गीतको भिडियोमा निशान एस के र पुजना घिमिरे को नृत्य रहेको छ ।

प्रतिक्रिया