Bisal Chautari Logo

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

- ३ माघ २०७४, बुधबार १२:०४ मा प्रकाशित


Motorcycle driver died from the collision of Tipper
विशाल चौतारी समाचार
दमक, २०७४ माघ ०३ बुधबार । टिपरको ठक्करबाट आज दिउँसो झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडकखण्डमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

फाइल फोटो

को१ख ५२२३ नं टिपरले मे९प २२९१ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका–६ बस्ने १८ वर्षीय सौरभ ताजपुरिया गम्भीर घाइते भएपछि स्थानीय लाइफलाइन अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ ।
दर्घटनालगत्तै टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख दीपक गिरीले बताउनुभयो ।

प्रतिक्रिया