Bisal Chautari Logo

निर्देशक शिव रेग्मीको अवस्था चिन्ताजनक

- १२ मंसिर २०७०, बुधबार ०६:२८ मा प्रकाशित


विशाल चौचारी सम्वाददाता
काठमाण्डौ, १२ मंसिर । दुवै मृगौलाले काम गर्न छोडेपछि विगत ६ महिनादेखि नियमित डाक्टरी जाँचमा रहेका वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीलाई गृह जिल्लास्थित चितवन अस्तालको भेन्टिलेटरमा राखिएको छ ।
वरिष्ठ चलचित्र निर्देशक रेग्मीलाई स्वास प्रश्वासमा निकै समस्या देखिएपछि दुई सातादेखि भेन्टिलेटरमा राखिएको बताइएको छ । निर्देशक रेग्मीको अवस्था चिन्ताजनक देखिएपछि पारिवारका सदस्य मिडियाको सम्पर्कमा आउन चाहेका छैनन् । निर्माता तथा कलाकार केशव भट्टराईका अनुसार निर्देशक रेग्मीको अवस्थालाई लिएर यसै भन्न सकिदैन । निर्देशक रेग्मी निकट मानिने केशवका अनुसार डाक्टरले शिव रेग्मी खतराको अवस्थामा रहेको बताएको छ । निर्देशक रेग्मीलाई यही मंसिरको पहिलो साता दिल्ली अस्पतालले नियमित उपचारको लागी बोलाए पनि अवस्था चिन्ताजनक भएपछि दिल्ली नलगिएको केशव बताउँछन् । भन्छन्–‘थप उपचारको लागी काठमाडौंसम्म पनि ल्याउन सक्ने स्थिति छैन ।’ निर्देशक रेग्मीको अवस्था नाजुक भएपछि बंगलादेशमा अध्ययन गर्न गएका छोरा र मुम्बइबाट छोरी गृह जिल्ला चितवन आइपुगेका छन् । एक छोरा र धर्म छोरी सहित निर्देशक रेग्मीका चार सन्तान छन् । निर्देशक रेग्मीको उपचारको लागी संघसंस्था एवम् केही व्यक्तिले रकम उपलब्ध गराएका थिए । दर्जन भन्दा बढी सुपरहिट चलचित्र नेपालि चलचित्र क्षेत्रलाई दिईसकेका छन् ।

प्रतिक्रिया