Bisal Chautari Logo

बसन्त चौधरी पुन: ‘एकल विश्व काव्य यात्रा’मा

- १५ बैशाख २०७१, सोमबार १६:५३ मा प्रकाशित


basant chaudhary – A Poetic Journey
विशाल चौतारी समाचार 
काठमाडौं १५ बैशाख । युवा पिँढीका चर्चित कवि तथा गीतकार बसन्त चौधरी आफ्ना थप काव्यात्मक सिर्जनाका साथ पुन: आफ्नो एकल विश्व काव्य यात्रामा निस्कने तरखरमा रहेका छन् । पूर्व घोषित कार्यक्रम अनुसार यही बैशाख २१ गते आइतबार हङ्गकङ्ग नेपाली फाउण्डेशनद्वारा आयोजित उनको विशेष काव्यात्मक समारोहमा हङ्गकङ्गको ‘पाकिस्तान क्लब’मा आफ्ना केही पुराना र केही नवीनतम् काव्य सिर्जनाहरू सहित कवि चौधरी उपस्थित हुनेछन् । 

हङ्गकङ्ग नेपाली फाउण्डेशनका अध्यक्ष किशन राईका अनुसार कवि/गीतकार चौधरीले हालै सिर्जना गरेका थप काव्यात्मक वान्कीहरू सहितको कोसेली (काव्य सङ्ग्रह) ‘मेरा कविताहरू’को तेस्रो संस्करण उक्त समारोहमा हङ्गकङ्गबासी नेपाली साहित्य प्रेमीहरूबीच लोकार्पण गर्नेछन् । विश्वकाव्य यात्राको १० औं श्रृङ्खला अर्थात् हङ्गकङ्गको कार्यक्रम समाप्ति पश्चात् नेपाल श्रृङ्खला अन्तर्गत कवि/गीतकार चौधरीले क्रमश: विराटनगर, पोखरा, विर्तामोड, चितवन र बुटवल लगायतका प्रमुख स्थानहरूमा समेत आफ्ना साहित्यिक कोसेलीहरू पस्कने कार्यक्रम तय गरिसकिएका छन् । कवि/गीतकार चौधरीको स्वघोषित कार्यक्रमअनुसार सन् २०१४ भित्र विश्वका कम्तिमा २० प्रमुख शहरहरूमा उनले आफ्नो एकल विश्वकाव्य यात्रा सम्बन्धित साहित्यिक कार्यक्रमहरू गर्नेछन्; जसअनुसार, जुलाई १३, २०१४ मा बेल्जियमको ब्रसेल्स र तत्पश्चात् जापानको टोकियोमा कार्यक्रमहरू तय भइसकेका छन् । 
पछिल्लो समयमा कवि/गीतकार चौधरीका बहुचर्चित गीत/सङ्गीत तथा काव्यात्मक रचनाहरू मोबाइलबाटै पनि पढ्न र सुन्न सकिने गरी तयार पारिएको मोवाइल एप्स् लोकार्पणको छोटो समयमै ५,००० भन्दा बढी दर्शकहरूले डाउनलोड गरिसकेका छन् भने उनको कविताको फ्यान क्लबमा ३१,००० भन्दा बढी फ्यानहरू एकत्रित भइसकेका छन् । कवि/गीतकार चौधरीले यसपूर्व अमेरिकी शहर न्यूयोर्क, बेलायतको लण्डन, युनाइटेड अरब इमिरेट्सको दुबई, सिक्क्मिको गान्तोक, मेरिल्याण्डको बाल्टिमोर, अमेरिकाको डालस, अमेरिकाकै डेनवर शहर, न्यूयोर्क शहर र अमेरिकी जर्जिया राज्यको एट्लान्टा शहरमा उनले आफ्नो एकल विश्व काव्या यात्रा अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गरिसकेका छन् ।

add

प्रतिक्रिया