Bisal Chautari Logo

‘बीग बोस’मा कुन प्रतिस्पर्धि महंगा, तनिषाले हप्ताको साढे ७ लाख लिन्छिन्

- १३ मंसिर २०७०, बिहीबार १०:२० मा प्रकाशित


मुम्बई : कलर्स च्यानलबाट प्रसारण हुने भारतकै चचिर्त रियालिटी शो ‘बीग बोस’ विभिन्न कारणले चर्चामा रहने गरेको छ । कलाकारहरुलाई विभिन्न किसिमका हर्कत गराएरै भएपनि बीग बोसलाई चर्चामा ल्याइएको छ । यो घरमा ३ महिना बसेर अन्य सहभागीसँग सम्बन्ध जोडिराख्न निक्कै गाह्रो छ । 
यो शोका कारण केही अनुहारहरुको व्यक्तिगत जीवनका रहस्य पनि खुलेका छन् । आखिर करिअरलाई नै जोखिममा राखेर प्रतिस्पर्धीहरु यसै आएका छैनन् । बिगबोसमा आएका अनुहारहरुलाई मोटो रकम दिएर ल्याइएको हुन्छ । ‘बीग बोस’मा सहभागी प्रतिस्पर्धी मध्ये अभिनेत्री काजोलकी बहिनी तथा अभिनेता अजय देवगनको सालि अभिनेत्री तनिषा मुखर्जी सबैभन्दा महंगी छिन् । अभिनेत्री तनिषालाई प्रत्येक हप्ता बिगबोस आयोजकले साढे ७ लाख दिने गर्दछ ।
अभिनेत्री तनिषा पछिको महंगी प्रतियोगी गौहर खान रहेकि छिन् । उनले हप्ताको ६ लाख वुझ्ेन गर्छिन् । यस्तै तेस्रो स्थानमा अरमान कोहलीलाई प्रत्येक हप्ता ५ लाख मिल्ने गर्दछ । उनी ‘बीग बोस’मा रुचाइएका पात्रहरु मध्ये एक हुन् । अरमानकै हारहारीको पारिश्रमिक पाउने अर्का प्रतिस्पर्धी हुन्, कुशाल टंडन । उनलाई बिगबोस आयोजकले प्रत्येक हप्ता ५ लाख दिने गरेको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।यस्तै बिगबोसका अर्का प्रतिस्पर्धि सहभागी संग्रामलाई प्रत्येक हप्ताको ३ लाख ५० हजार रुपैयाँमा दिईने गरेको छ । ‘बीग बोस’मा सहभागी हुनको लागि हालै मात्र घर बाहिर भएकी एलीलाई १ लाख रुपैयामा अनुबन्धित गरिएको बताईएको थियो । यस चर्चित शोलाई बलिउडका चचिर्त अभिनेता सलमान खानले चलाउँदै आएका छन् ।

प्रतिक्रिया