Bisal Chautari Logo

यस्तो छ साङ्लो भगाउने घरेलु उपाय (भिडियो सहित )

- ११ पुष २०७४, मंगलवार ११:१४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस ११ मंगलबार । साङ्लोले नसताएको घर कमै भेटिएला । किचन र स्टोररुममा साङ्लोले हैरानै बनाउने गर्छ । अँध्यारा कुनाकाप्चामा लुकेका साङ्लाहरू फुत्तफुत्त निस्केर तपाईंलाई हैरानै गर्छन् होला ।
गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ । अनि त कहिलेकाहीँ पकाइराखेको तरकारी वा मुछिराखेको पीठोसहित साङ्ला फाल्नुपर्ने आवश्यकता आइलाग्छ । बजारमा पाइने स्प्रेले साङ्लालाई मार्छ तर त्यसमा भएको रसायनले स्वास्थ्यलाई हानि पनि पु–याउँछ । यहाँ हामी केही घरेलु उपाय बताउँछौं जसको प्रयोग गर्दा साङ्ला पनि भाग्छन् र स्वास्थ्य पनि खराब हुँदैन ।
तेजपात – खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै मन पर्दैन । त्यसैले साङ्ला जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखिदिनुस् । यसो गर्दा साङ्लाहरू भाग्छन् । तेजपातको गन्ध हराएपछि नयाँ तेजपात राख्नुस् ।
बेकिङ पाउडर र चिनी स् एउटा कचौरामा बराबर मात्रामा बेकिङ पाउडर र चिनी मिसाउनुस् । अब त्यसमा पानी हाल्नुस् । त्यसपछि यो मिश्रणलाई साङ्ला भएका ठाउँमा छर्किनुस् । चिनीको मिठासले उनीहरूलाई लोभ्याउँछ अनि बेकिङ पाउडरले मारिदिन्छ ।
ल्वाङ – ल्वाङको गन्ध पनि साङ्लालाई मन पर्दैन । साङ्ला आउने ठाउँमा ल्वाङका कल्लीहरू राख्नुस् । यसबाहेक मट्टीतेल, नीम, पुदीना र कफीले पनि साङ्लालाई भगाइदिन्छन् ।
मट्टीतेल – मट्टीतेलको प्रयोगले पनि कर्कोच भगाउन सकिन्छ । तर, यो प्रज्वलनशील पदार्थ भएकाले प्रयोगमा निकै सजगता अपनाउनु जरुरी छ ।
रुमलाई ओशमुक्त राख्नुस्
ओशिलो स्थान कर्कोचका लागि निकै अनुकुल मानिन्छ । त्यसैले तपाईंले आफ्नो कोठालाई ओशमुक्त राख्नु भयो भने पनि कर्कोचबाट केही हदसम्म मुक्ति मिल्छ ।
यस्तै, साङ्ला मार्ने अझ भरपर्दो औषधी हो, ‘बोरिक एसिड’ पाउडर फ्रुटकेक वा पाउरोटीमा अलिकति दूध मिसाएर मिश्रण बनाउने । यसको सेवनबाट साङ्लाको कत्लेआम हुन्छ । बोरीक एसिड पाउडर जुनसुकै औसधि पसलमा पाउन सकिन्छ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया