Bisal Chautari Logo

वर्षकै प्रतिक्षित हरर फिल्म ‘एनाबेल कम्स होम’को फर्स्ट लुक्स पोस्टर सार्वजनिक

- १३ चैत्र २०७५, बुधबार ०६:४२ मा प्रकाशित


HOLLYWOOD HORROR MOVIE ENABALE

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १३, बुधवार।
चर्चित हरर सिरिज एनाबेलको तेस्रो सिक्वेल ‘एनाबेल कम्स होम’को पहिलो लुक्स पोस्टर सार्वजनिक भएको छ । ग्यारी दबर्मेनको निर्देशनमा बनेको एनाबेल कम्स होम’ को पहिलो लुक्स सार्वजनिक भएको हो ।

पोस्टरमा भुतिया गुडिया यानकी एनाबेललाई अनौठो ठाउँमा सजाएर राखिएको छ र त्यको माथी लेखिएको छ ‘वार्निंग पोजिटिभिटि’ । आउँदो जुन २८ तरिखदेखि प्रदर्शनमा आउने यस फिल्मको शुटिङ्ग डिसेम्बर १४, २०१८ मा नै सकिएको थियो । हरर फिल्मका फ्यानहरुको प्रतिक्षित सिरिज बनेको एनाबेलका यस अघिका सिरिज हिट भएका थिए ।

पहिलो फिल्म ‘एनाबेल’ सन् २०१४ मा रिलिज भएको थियो भने यसको दोस्रो सिरिज ‘एनाबेल : क्रिएसन’ सन् २०१७ मा रिलिज भएको थियो । एनाबेल सिरिजको कथा डर लाग्दो गुडियाको वरिपरि घुम्ने गर्दछ । यसको तेस्रो संस्करणमा मसिकेंना ग्रेस, मेडिसोन इसेमन, क्याटि सरिफ , प्याट्रिक विल्सन लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया