Bisal Chautari Logo

हरिवंशले अष्ट्रेलीयाका दर्शकलाई गित सुनाउने

- ११ मंसिर २०७०, मंगलवार १०:३१ मा प्रकाशित


काठमाडौ : हास्य नेपालि कलाकारीताका वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्य जति अभिनयमा सक्षम थिए, त्यति नै उनको स्वरपनि मिठो रहेको प्रश्ट्याएका छन् । हास्य अभिनेता अव आफ्ना दर्शकहरुलाई गित सुनाउन लागि परेका छन् ।
अभिनेता हरिवंशले सांगीतिक टुरको सुरुवात अष्ट्रेलियाबाट गर्ने भएका छन् । उनले चाँडै अष्ट्रेलियाका नेपाली बहुल डायस्पोरामा कन्सर्ट गर्न लागेको घोषणा समेत गरेका छन् । अभिनेता हरिवंशले भनेका छन्,–‘म त्यहाँबाट विश्व गायन यात्रा सुरु गदैछु ।’ गत केहि दिन अगाडि हास्य अभिनेता हरिवंशले चलचित्र ‘६ एकान ६’ बाट गायनमा पुनरागमन गरेका थिए । यसका लागि उनि दिनरात स्वर रियाज गर्नमा व्यस्त रहेका छन् । अष्ट्रेलिया कन्सर्ट उडानकै छेकोमा एल्बम पनि रिलिज गर्ने बताईएको छ । हास्य अभिनेता हरिवंशले चलचित्र शंकर, तं त साह्रै बिग्रिस नि बद्री र जे भो राम्रै भोमा स्वर दिएका थिए ।

प्रतिक्रिया