Bisal Chautari Logo

१० महिने बच्चा २८ किलो !

- २८ कार्तिक २०७४, मंगलवार ०६:५४ मा प्रकाशित


10 month baby 28 kg!
एजेन्सी
काठमाडौँ, २०७४ कात्तिक २८ मंगलवार । मेक्सिकोमा एउटा बच्चा १० महिनाको हुँदा नै ९ वर्षको जत्तिकै वजनदार रहेको छ ।
मेक्सिकोको कोलिमा भन्ने ठाउँमा बस्ने लुइस मेनुअल गोन्जालेज नामक बच्चाको तौल २८ किलो रहेको छ । अस्वभाविक तौलका कारण बच्चाको ज्यान त जोखिममा परेकै छ, बुवाआमालाई पनि सकस परेको छ ।
जन्मिँदा साढे तीन किलो अर्थात् सामान्य तौलको रहेको लुइसको तौल त्यसपछि विस्तारै अस्वभाविक रुपमा बढ्न थालेको हो । आखिर के कारणले यति धेरै वजन बढिरहेको छ ? डाक्टरहरुले पनि अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । हर्मोनको असन्तुलनका कारण यस्तो भएको हुनसक्ने अनुमान छ ।
सुरुमा त बच्चाको आमा इसाबेल पान्तोजालाई आफ्नो दुध निकै पोषिलो भएको हुँदा बच्चा राम्रोसँग सप्रिँदै गएको भन्ने लागेछ । तर जब बच्चा आवश्यकता भन्दा बढि नै सप्रिँदै गयो तब उनमा चिन्ता थपियो ।
बच्चाका बुवाआमाले उसलाई स्थानीय अस्पतालमा देखाएका छन् । बच्चाको रोग यहीँ हो भनेर पत्ता नलागे पनि परीक्षणका रुपमा उसलाई हर्मोनल उपचार सुरु गर्ने डाक्टरहरुको योजना छ । तर हर्मोनल उपचारका लागि एक डोजको ५ सय डलर लाग्दछ । जबकि गोन्जालेजका बुवाको कमाई महिनाको २ सय डलर मात्र छ । जसका कारण उनीहरु छोराको उपचार गर्न समर्थ छैनन् ।
छोराको उपचारका लागि पैसा जुटाउनका लागि गोन्जालेजका बुवाआमाले एक फेसबुक पेज तथा बैंक अकाउन्ट खोलेका छन् । यसबाट दयालु मानिसहरुले छोराको उपचारका लागि यथेष्ट रकम दान गर्ने आशा उनीहरुको छ ।

प्रतिक्रिया