Bisal Chautari Logo

चलचित्र ‘उल्झन’को रेड कार्पेट प्रिमियर भोली युकेमा हुदै

- ३ चैत्र २०७४, शनिबार ०५:२२ मा प्रकाशित


Uljhan movie red carpet premiere in uk
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ चैत ३, शनिबार । चलचित्र ‘उल्झन’को रेड कार्पेट प्रिमियर भोलि मार्च १८ गते युकेको एम्पायर हल अलडरसटमा हुने भएको छ ।
चलचित्रमा अभिनेता ध्रुब दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी लगायतका कलाकरहरुको अभिनय रहेको छ । आसुतोष फिल्म्स प्रोडक्शनको ब्यानरमा निमौण भएको चलचित्र उल्झनमा राजु अधिकारीको निर्देशन रहेको छ । चलचित्रको प्रस्तुतकर्तामा तेजेन्द्र कंडेल, कार्यकारी निर्मातामा नारायण ढुङ्गाना र निर्माताहरुमा हरि कृष्ण कार्की र नबिन अधिकारी छन् ।
चलचित्रको प्रिमियर ह्यरो फुटबल क्लब साऊथ ह्यरोमा मार्च २५ गते र ३१ मार्च मा स्विंडन, साथै रेडिंग बेजिंगस्टोक , ननिनटंग, बर्मिंगम, योर्क तथा स्कटलैंड लगायतका स्थान हरुमा चलचित्रको प्रदर्शन गरिने भएको छ ।
चलचित्र ‘उल्झन’को केही महिना अगाडी मात्र ‘लैजाउ तिमी मलाई’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको थियो । जुन गीतमा लोकप्रिय गायिका अन्जु पन्त र गायक संजय तुमरुकको स्वरमा सजिएको थियो । उक्त गीतमा अभिनेता ध्रुब दत्त र अभिनेत्री रजनी केसी फिचरिङ छन् ।

Bisalchautari Tv


शिल्पाले साम्राज्ञीलाई किस गर्दा

प्रतिक्रिया