Bisal Chautari Logo

२०० जना चेपाङले बनाउँदै गरेको प्लेन ,२० दिनभित्र प्लेन उडाउने

- २५ माघ २०७४, बिहीबार १३:०४ मा प्रकाशित


200 Chepang made the plane
विशाल चैतारी समाचार
चितवन, २०७४ माघ २५ बिहिबार। सरोज चेपाङ मिनी एयर क्राफ्ट ९सानो जहाज० बनाउनमा ब्यस्त छन् । राप्ती नगरपालिका९२, गड्यौलीका चेपाङको दिन यही सानो जहाजको पार्टपूर्जा जोडजाममै बित्छ ।
चेपाङले बनाउँदै गरेको प्लेन हेर्न दिनमा २०० जना आउँछन् ।आल्मुनियम, स्टिल, स्कुटरको टायर, मोटरसाइकलको ब्रेक र क्लजलगायत सामान प्रयोग गरेर सरोजले जहाज बनाएका छन् । जहाज निर्माणको काम ८० प्रतिशत सकिदा उनको ५ लाख रुपैयाँ खर्च भइसकेको छ । उनी अब बाँकी २० प्रतिशत काम सिध्याउन पैसा खोज्दैछन् । कतारमा गाडी चलाउने बाबु मनु चेपाङले पठाएको पैसाबाट उनले जहाज बनाउन आवश्यक सामान किन्ने गरेका छन् ।
६ महिनाअघि प्लेन निर्माणको काम सुरु गरे पनि आर्थिक अभावकै कारण उनको लक्ष्य पूरा हुन सकेको छैन । जहाजमा ६।५ हर्सपावरको तीन वटा इञ्जिन राखिएको छ । ठूलो इञ्जिन किन्न सकिएमा अबको २० दिनभित्र प्लेन उडाएर देखाउने सरोजको दावी छ । सुरक्षित इञ्जिन भएमा प्लेन जहाँ पनि लैजान सकिने सरोजको भनाइ छ । ठूलो इञ्जिन नभए प्लेनभन्दा पहिले प्याराग्लाइडिङ उडाउने उनको तयारी छ ।

प्रतिक्रिया