Bisal Chautari Logo

३३ किलो सुन तस्करी काण्डका ३० आरोपित, नाइके हरिशरण (सुचि सहित)

- २२ फाल्गुन २०७३, आईतवार १०:५१ मा प्रकाशित


33 kg of gold smuggling scam, 30 accused
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ फाल्गुन २२ आइतबार ।  गत पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद भएको ३३ किलो अवैध सुन तस्करीमा संलग्न १२ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।
33 kg of gold smuggling scam, 30 accusedअनुसन्धानका क्रममा नियन्त्रणमा लिएकाहरुमध्ये १२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले आइतबार पत्रकार सम्मेलन गरेर सुन तस्करीमा संलग्नहरुमाथि भएको कारबाही र अनुसन्धानको प्रगतिबारे जानकारी गराएको हो ।
सीआइबीका अनुसार सुन तस्करीमा संलग्न प्रहरी वरिष्ठ उपरीक्षक श्यमबहादुर खत्री, त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका तथ्यांक अधिकृत श्रीनारायण यादव, एक्सरे मेसिन टेक्नीसयन राजकुमार ढकाल, रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठ, न्यूरोडका सुन पसलेहरु: रोजश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाएको छ ।
त्यस्तै सुर्खेतका गोपालबहादुर शाही, मोरङका दिलबन्धु थापा, धनुषाका सन्तोष काफ्ले र काभ्रेपलाञ्चोकका रामहरी कार्की विरुद्ध मुद्दा चलाइएको छ ।
दुबईबाट नेपालमा सुन पठाउनेदेखि विमानस्थलमा सेटिङ मिलाउने, क्यारिङ गर्ने र सुन खरिद गर्नेसम्मलाई पक्राउ गर्न प्रहरी सफल भएको सीआइबीले जनाएको छ । दुबईबाट सुन पठाउने गिरोहमा मुख्य नाइकेहरुलाई फक्राउ गर्न रेडकर्नर नोटिस जारी गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रमुख डिआईजी नवराज सिलवालले जानकारी दिए ।
सीआइबीले निकै अनुसन्धानपछि मात्रै ३३ किलो अवैध सुनसहित तस्करीमा संलग्नहरुलाई पक्राउ सफल भएको बताएको छ ।
प्रहरीले पुस २१ गते त्रिभुवन अन्तर्रा्ष्टि्रय विमानस्थबाट ३३ किलो सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो । सुनतस्करको जालो ठूलो भएकाले सीआइबीले निरन्तरको निगरानी, अनुगमन र अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीका अनुसार दुबईमा १० जना र नेपालमा ८ जना पक्राउ पर्न बााकी रहेका छन् ।
युइएमा र नेपालमा रहेका भनिएका अभियुक्तहरु
रोशन भुषाल
कृष्ण गोपाल अग्रवाल
राजन प्रसाद पन्त
अर्जुन प्रसाद खरेल
चूडामणि उप्रेति
केशव चापागाईा
दुर्गाप्रसाद खरेल
गोपाल भुसाल
मालिका बज्राचार्य
रामकृष्ण गोयल
कुशुम गोयल
राहुल गोयल
विभूति अमोल
प्रमोद श्रेष्ठ
रवि राजेश बोगटी
शनि श्रेष्ठ
गीता श्रेष्ठ
राजेन्द्र शाक्य

प्रतिक्रिया