Bisal Chautari Logo

४० जना भाग्यमानी नेपालीले विश्वकप हेर्न पाउने, यसरी हेर्नेछन्

- ७ फाल्गुन २०७४, सोमबार ११:५१ मा प्रकाशित


40 lucky Nepalis will be able to see the World Cup
विशाल चौतारी समाचार
काठमाडौं , २०७४ फाल्गुन ७ गते सोमबार । रुसमा हुने विश्वकप फुटबल सुरु हुन साढे तीन महिना बाँकी हुँदा कोका–कोला नेपालले खेलको महाकुम्भलाई लिएर अहिलेसम्मकै सबैभन्दा ठूलो प्रवद्र्धन कार्यक्रम अगाडि ल्याएको छ ।
त्यसअनुुसार ४० नेपाली समर्थक विश्वकपका खेल हेर्न रुस जाने छन् । ती भाग्यमानीहरूले सम्भवतः लियोनल मेसीसम्मिलित अर्जेन्टिनाको खेल हेर्न पाउने छन् । कोका–कोला नेपालले प्रस्तुत गरेको प्रवद्र्धन कार्यक्रम १० साता ९फेब्रुअरी १५ देखि अप्रिल १५० चल्नेछ । प्रत्येक साता कोका–कोला र अरु उत्पादनबाट चार भाग्यमानी छानिने छन् । त्यसका लागि बोतलको लेबल पछाडि भएको अंकको कोड एसएमएस गर्नुपर्नेछ । त्यसबाट लक्की ड्र निकालिने छ ।

प्रतिक्रिया