Bisal Chautari Logo

प्रशान्त महासागरमा ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

- २३ भाद्र २०७४, शुक्रबार ०७:१४ मा प्रकाशित


8.1 Magnificent earthquake
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २३ शुक्रबार। शुक्रबार बिहान प्रशान्त महासागरमा ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । दक्षिण मेक्सिकोमा पनि भूकम्पको ठूलो झट्का महसुश गरिएको हो ।
भूकम्पको केन्द्रबिन्दू मेक्सिकोको पिजिजियापान शहरबाट ८७ किलोमिटर दक्षिण पश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ ।
मेक्सिको लगायत त्यस क्षेत्रका ग्वाटेमाला, एल साल्भाडोर, कोष्टारिका, निकारागुवा, पानामा र होण्डुरसमा समेत सुनामी आउन सक्ने चेतावनी दिइएको छ । प्रारम्भिक सूचना अनुसार अहिलेसम्म मानवीय क्षतिको विरण आइसकेको छैन । भूकम्पको झट्काले घरहरु हल्लिएका थिए भने मानिसहरु सडकमा भागदौड गरेका थिए ।

प्रतिक्रिया