Bisal Chautari Logo

नेताको आदेश मानेर ९१७ जनाले विष पिएर आत्महत्या

- ५ मंसिर २०७४, मंगलवार ०७:२७ मा प्रकाशित


917 poisoned suicide by poisoning
एजेन्सी
काठमाडौँ, २०७४ मंसिर ०५ मंगलवार । अमेरिकामा एकजना नेताको आदेश मानेर एकैचोटी ९ सय १७ जना अनुयायीहरुले विष पिएर आत्महत्या गरेको इतिहास छ ।
अमेरिकी इतिहासमा जिम जोन्स नामका एक व्यक्तिसँग जोडिएको घटनाले दुनियालाई नै हल्लाइदिएको थियो । गुएनाको जोन्सटाउनमा भएको उक्त घटना निकै चर्चित भएको थियो ।
कम्युनिष्ट नेता रहेका जिम जोन्स आफुलाई मानिसहरुको मुक्तिदाता इश्वर ठान्थे । सन् १९५६ मा उनले पिपुल्स टेम्पल नामक एक चर्च बनाए जसको उद्धेश्य घरबार वीहिन मानिसहरुलाई आश्रय दिनु थियो ।
विस्तारै जिमका अनुयायीहरु बढ्न थाले । मानिसहरुको उनको विचारधारा मन पराउन थाले । त्यसपछि उनले आफ्नो चर्च इण्डियानाबाट क्यालिफोर्नियाको रेडबुल भ्यालीमा सारे । अमेरिकी सरकारको विरोधी विचारधारा बोक्ने हुनाले उनले राजधानी भन्दा टाढा दक्षिणी अमेरिकाको गुएनामा आफ्ना समर्थक अनुयायीहरुसँग बस्ने फैसला गरे ।
गुएनामा चर्च बनाएर अड्डा जमार्ई बसे जिम । उनीसँग ठूलो संख्यामा अनुयायीहरु पनि सँगै बस्थे । उनीहरु दिनभर काम गर्थे भने रातमा जिमको प्रवचन सुन्थे । उनका प्रवचन निकै उत्तेजक हुन्थे ।
जिमले जनता भड्काएको र तिखो भाषणका कारण आसपासका मानिसहरुलाई असर पुगेको उजुरी परेपछि अमेरिकी सरकारले उनको चर्चमा हस्तक्षेप गर्न थाल्यो । पुलिसले चर्च्भित्र रहेका सबै मानिसहरुलाई बाहिर निस्किएर चर्च खाली गर्न भन्यो । तर जिमले पुलिसको निर्देशन अवज्ञा गर्दै आत्मसमर्पणको साटो आत्महत्या गर्ने निधो गरे । उनले आफ्ना अनुयायीहरुलाई पनि चर्च्भित्रै आत्महत्या गर्न अपिल गरे । उनीसँगै उनका ९ सय १७ जना अनुयायीहरुले विष पिएर आत्महत्या गरे ।
१९७८ मा भएको योे घटनामा आत्महत्या गरेका मानिसहरुका तस्वीर सार्वजनिक हुँदा निकै दर्दनाक थिए ।

प्रतिक्रिया