Bisal Chautari Logo

निखिललाई हेर्न उर्लेको भिड : ‘कस्ले भन्छ, नेपाली सेलिव्रेटीको सिनेमा पर्खाइमा छैन भनेर’

- १३ भाद्र २०७२, आईतवार १५:३५ मा प्रकाशित


Nikhil Upreti movie Bhairav Public Carry
विशाल राई
काठमाडौ, २०७२ भाद्र १३ आइतबार । नेपाली सेलिव्रेटीहरुको सिनेमा दर्शकको पर्खाइमा खासै रहदैन भन्ने चर्चा बढी मात्रामा सिनेमा क्षेत्रमै हुने गरेको छ । ‘कस्ले भन्छ, नेपाली सेलिव्रेटीको सिनेमा पर्खाइमा छैन भनेर’ । चलचित्र ‘भैरव’ को रिलिजसंगै अभिनेता निखिल उप्रेतीलाई दर्शकहरुले घेरेको भिडबाटै भन्न सकिन्छ की नेपाली सेलिव्रेटीहरुपनि कम छैनन् ।

Nikhil Upreti movie Bhairav Public Carryपाच बर्ष अगाडी पनि एक्शन अभिनेता निखिल उप्रेती दर्शकका प्यारा थिए । अभिनेता निखिलले बडिउडमा संर्घस गर्दागर्दै, आफैले निर्देशन गरेर चलचित्र ‘भैरव’मा देखिएका छन् । पाच बर्षपछि चलचित्रमा पुनरागमन गर्दा धेरैले उनको चलचित्र कतै नचल्ने त होइन भनेर अन्दाज पनि काटेका थिए । तर निखिलले लामो समय नेपाली सिनेमामा खर्चेको समय र हिट सिनेमाका कारण दर्शकहरुले भुल्न सकेका थिएनन् । दर्शकहरु त बरु उनका सिनेमाको पर्खाइमा रहेका थिए । प्रदर्शनमा आएको पहिलो दिन नै राजधानी भित्र र बाहिर हाउसफुल गरेको भैरवले आक्रमक व्यापार गरेको छ ।

Nikhil Upreti movie Bhairav Public Carry-1
चलचित्रका अभिनेता निखिल उप्रेती र अभिनेत्री अनु शाह शुक्रबार र शनिबार राजधानीका विभिन्न हलहरुमा पुगी दर्शकहरुको प्रतिक्रिया लिन भ्याएका थिए । सोही अवसरमा चलचित्र हेर्न आउने दर्शकहरुको भिडमा अभिनेता निखिल घेरीहाले । दर्शकहरुले चलचित्र अत्याधिक मनपराएको निखिलले बताएका छन् । अभिनेता निखिलका अनुसार चलचित्रको एक्शन पाटोलाई झन दर्शकहरुले खुबै रुचाएका छन् । अभिनेता निखिलको निर्माण, निर्देशन र अभिनयमा निर्माण भएको चलचित्र भैरवले तराईमा हुने विभिन्न विषयलाई गम्भिर तरिकाले उठाएको छ ।

Nikhil Upreti movie Bhairav
चलचित्र भैरवमा निखिलको अलवा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाल, रविन सेनलगायतले अभिनय गरेका छन् । चलचित्रको छायाकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका हुन । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ ।

BHAIRAV TRAILER || NIKHIL UPRETI || NEW NEPALI MOVIE
Ratan Daruwalla Presents,
Nepali Movie: Bhairav
A Film by Nikhil Upreti
Actors: Nikhil Upreti, Anu Shah
Producer: Johaan Daruwalla
Action: Himal K.C.
Choreography: Ramji Lamichhane
Music: Suresh Adhikari
Cinematographer: Nawaraj Krishna Thapa
Editor: Banish Shah

प्रतिक्रिया