Bisal Chautari Logo

५९ प्रतियोगीलाई पछि पार्दै स्वर्णिम बनिन्, मिस टिन २०१६

- १७ भाद्र २०७३, शुक्रबार १७:१७ मा प्रकाशित


Swornim Rimal MISS TEEN 2016 Winner
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ भाद्र १७ शुक्रवार । द फेसन प्लसले बिहीबार साँझ राजधानीमा आयोजना गरेको ‘मिस टिन २०१६’मा स्वर्णिम रिमालले ताज चुमेकी छन् । उनले ५९ प्रतियोगीलाई पछि पार्दै शीर्ष ताज जितिन् भने विधागत तर्फको ‘मिस सोसियल मिडिया अवार्ड’को अवार्ड पनि पोल्टामा पारिन् । उनले ३० हजार रुपैंयाासहित एयर होस्टेज तालिमको पूर्ण छात्रवृत्ति, डिप्लोमा इन ब्युटीसियन कोर्षको पूर्ण छात्रवृत्ति र मोडल नेपालमा मोडलिङको अवसर प्राप्त गरेकी छन् ।MISS TEEN 2016 Winner Swornim Rimalप्रतियोगितामा फष्ट रनरअप बनेकी स्नेहा पौडेलले ‘मिस ट्यालेन्ट’ अवार्ड र सेकेण्ड रनरअप बनेकी आकृति चन्दले ‘मिस भ्युअर च्वाइस अवार्ड’ र ‘मिस सोसियल सर्भिस अवार्ड’ पनि पाइन् । स्नेहा र आकृतिले क्रमश: २० हजार र १० हजार रुपैंयाासहित एयर होस्टेजको पूर्ण छात्रवृत्ति, डिप्लोमा इन ब्युटीसियन कोर्षको पूर्ण छात्रवृत्ति र मोडल नेपालमा मोडलिङको अवसर पाएका छन् ।
प्रतियोगितामा विधागततर्फ सलोनी राई ‘मिस पपुलर’ र मिस स्टाइलिस ’, सदिक्षा गिरी ‘मिस बेष्ट स्माइल’, सुधा थापा ‘मिस बेस्ट स्किन’, रक्षा रिजाल ‘मिस पर्सनालिटी’, रुविना शर्मा ‘मिस क्रिएटिभ’, प्रतिज्ञा पौडेल ‘मिस बेष्ट हेयर’, नेहा सिंह ‘मिस बेष्ट वक’, रुवी राजन श्रेष्ठ ‘मिस बब्ली’, दृश्य गुरुङ ‘मिस भेटरान’, ऋचा अधिकारी ‘मिस डिसिप्लिन’, अश्लिन ज्ञवाली ‘मिस फोटोजेनिक’, नीता पौडेल ‘मिस लिडरशिप’, तितिक्षा मगर ‘मिस फ्रेण्डसिप’ र मुस्कान सुनार, स्नेहा पोते श्रेष्ठ, अकिता श्रेष्ठ र अरुणा महर्जन ‘मिस अर्गनाइजर च्वाईस’ बने ।
आयोजक संस्थाका अध्यक्ष हुकुमराज लुाइटेलले प्रतियोगीहरुको व्यक्तित्व विकाससहित अन्य बौद्धिक विकासका लागि प्रतियोगिता कोशेढुंगा बनेको बताए ।

MISS TEEN 2016 Winner : Swornim Rimal
MISS TEEN 2016 1st Runner Up – Sneha Poudel
MISS TEEN 2016 2nd Runner Up – Aakriti Chand

SUB-TITLE WINNERS :

Miss Talent Award – Sneha Poudel
Miss Viewer Choice Award – Aakriti Chand
Miss Popular Award : Saloni Rai
Miss Social Service Award – Aakriti Chand
Miss Social Media Award – Swornim Rimal
Miss Best Smile: Sadikshya Giri
Miss Best Skin: Sudha Thapa
Miss Stylish Award : Saloni Rai
Miss Personality : Rakshya Rijal
Miss Creative: Rubina Sharma
Miss Best Hair: Pratigya Poudel
Miss Best Walk: Neha Singh
Miss Bubbly: Ruby Rajan Shrestha
Miss Veteran: Drishya Gurung
Miss Discipline: Richa Adhikari
Miss Photogenic: Aslin Gyawali
Miss Leadership: Neeta Poudel
Miss Miss Friendship: Titiksha Magar
Miss Organizer Choice: Muskan Sunar , Sneha Pote Shrestha, Akita Shrestha, Aruna Maharjan

प्रतिक्रिया