Bisal Chautari Logo

शत्रुघन सिन्हा ‘अवार्ड’मा सहभागी हुन नेपालमा || भने ‘–सोनाक्षीको बाबु भनेर चिनिदा झनै खुशी छु’

- २१ भाद्र २०७३, मंगलवार १६:०२ मा प्रकाशित


Shatrughan Sinha LG Film Award to join Nepal
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ भाद्र २१ मंगलबार । बलिउडका चर्चित अभिनेता शत्रुघन सिन्हा आज नेपाल आएका छन् । भोली काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’मा सहभागी हुन उनी नेपाल आएका हुन् ।
Shatrughan Sinha LG Film Award to join Nepalत्रिभुवन विमानस्थलको अती विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै सिन्हाले आफू धेरै पटक नेपाल आएको बताए । यहाँको सुन्दरता, नेपालीहरुको सत्कारले आफूलाई आफूलाई सधै लोभ्याउने उनको भनाई थियो । यस्तै उनले आफू पशुपतिनाथको दर्शनका लागि पनि नेपाल आउने गरेको बताए । शत्रुघनले भोली आफ्नो बायोग्राफी पुस्तक पनि सार्वजनिक गर्नेछन् । उनले पुस्तकले आफ्नो फिल्मी स्टारडमदेखि राजनीतिक करिअरसम्मलाई चित्रण गरेको बताए ।
Shatrughan Sinha LG Film Award to join Nepal (1)तपाई के खानुहुन्छ भन्ने पत्रकारको एक रमाइलो प्रश्नमा उनले भने(‘सबैभन्दा पहिला खुशी हुन जरुरी छ । म लामो समयदेखि योगा गर्छु, जतिबेला रामदेवको योगा पनि सुरु भएको थिएन । साथमा पशुपतिनाथको कृपाले आराम छु ।’
Shatrughan Sinha LG Film Award to join Nepal (2)अभिनेत्री सोनाक्षी सिन्हाको पिता बनेर चिनिदा तपाइलाई कस्तो लाग्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने –‘छोरीको नामबाट म चिनिनु खुशीको कुरा हो । साथमा छोरी पनि मेरो नामले चिनिएकी छिन् ।’ पत्रकारसाग निकै रमाइलो शैलीमा प्रस्तुत भएका शत्रुघनले छोरी सोनाक्षीले आफ्नो इज्जत, प्रतिष्ठामा रहेर काम गरेको भन्दै उनको प्रशंसा गरेका थिए । साथै अभिनेत्री सोनाक्षीद्धरा अभिनित चलचित्र ‘अकिरा’ हेर्नका लागी शत्रुघनले दर्शकहरुलाई आग्रह समेत गरे । उनले काठमाण्डौको सोल्टी होटलमा बसेका छन् ।

प्रतिक्रिया