Bisal Chautari Logo

महावीरको राष्ट्रिय आविस्कार केन्द्रलाई राजेशपायलद्धरा ५० हजार सहयोग || डा. पुनले के भने ? (भिडियो सहित)

- २३ भाद्र २०७३, बिहीबार ०३:५० मा प्रकाशित


Rajesh Payal Rai support dr. Mahabir pun National convention Center
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ भाद्र २३ बिहिबार । नेपाली सुगम संगीतक तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईले सामाजिक अभियन्ता डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र निर्माण अभियानलाई ५० हजार सहयोग हस्तान्तरण गरेका छन् ।
rajesh-payal-rai-support-dr-mahabir-pun-national-convention-centerगत मंगलबार गायक राजेशपायलले आफ्नो नयाँ अफिस नक्शालमा डा. महावीर पुनको हातमा रकम हस्तान्तरण गरेका हुन् । विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्यसहित पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि संसारभर छरिएर रहेका नेपाली माझ सहयोग संकलन अभियानमा सक्रिय छन् ।
rajesh-payal-rai-support-dr-mahabir-pun-national-convention-center-2रकम हस्तान्तरणपछि बोल्दै डा. महावीर पुनले भने–‘गायक राजेश पायल भाईले राष्ट्रिय आविश्कार केन्द्रका लागी महा दान दिनुभयो । अब कलाकारहरु राखेर राष्ट्रिय आविश्कार केन्द्रका लागी केही कार्यक्रमहरु गर्नेपनि सोच रहेको छ ।’
त्यस्तै गायक राजेश पायलल राईले रकम हस्तान्तरण गरेपछी बोल्दै भने–‘खास सरकारले गर्नुपर्ने काम उहाँ (डा. महावीर पुन)ले एक्लै गरिरहनु भएको छ । उहाँको कामलाई देखेर मेरो मन थामिरहन सकेन । मेरो तर्फबाट सहयोग गरेको छु, यस्तै हजारौ हातहरु आवस् । दाई (डा. महावीर पुन)को यो सपनालाई, यो लक्ष्यलाई परा गर्न हामिहरु कन्र्सटले हास्, गीतसंगीतले होस्, या त अन्य जनमानसमा हामिले गर्नुपर्ने सहयोगहरु आउने प्रतिवद्धता गर्दछु, गायक राजेश पायलले प्रतिवद्धता जनाए ।’
rajesh-payal-rai-support-dr-mahabir-pun-national-convention-center-3रकम हस्तान्तरणपछि निकै बेर गायक राजेश पायल राई र डा. महावीर पुन निकैबेर गफिए । गफगाफमा राष्ट्रिय आविष्कार केन्दको लक्ष्यको बारेमा गायक राजेश पायललाई बताए । साथै धेरै सरकार फेरिएपनि राष्ट्रिय आविष्कार केन्दको लागी कसैले केही नगरेको बताए । सरकारी ढोकाहरु धेरैचोटी ढकढकाउन पुगेको समेत डा. महावीर पुनले कुराकानीमा बताए । साथै यस अभिनयानको लागी नेपाली जनताहरुबाट सहयोगको आसा राखेको पुनले बताए ।

rajesh-payal-rai-support-dr-mahabir-pun-national-convention-center-1

प्रतिक्रिया