Bishal rai and gaura rai Mata Mandina song by Rajesh Payal Rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ असोज १५ शनिबार । चर्चित गायक राजेश पायल राई उर्फ ‘राई इज किङ’को स्वरमा रहेको ‘मत मान्दिन’ बोलको गीत हाइलाइटस् नेपालबाट सार्वजनिक भएको छ । ‘दर्शन नमस्ते–२’ एल्बममा समावेश ‘मत मान्दिन’ बोलको गीतमा पदम किरातीको शब्द, विनोद खम्बुको संगीत तथा उदय राज पौडेलको एरेञ्ज रहेको छ । केही दिन अगाडी गायक राजेश पायलको ‘दर्शन नमस्ते–३’ एल्बम सार्वजनिक भएको छ ।
पुर्व भेडेटार र इटहरीको मनोरम दृश्यहरुमा छायााकन गरिएको गीतमा रंग पत्रकारिताबाट म्युजिक भिडियो मोड्लिङमा लागेका विशाल राई र नव मोडल गौरा राईको भरपुर रोमान्स देख्न सकिन्छ । विशाल र गौराको जोडीलाई म्युजिक भिडियोमा उतार्ने काम भने पछिल्लो समय निर्देशनमा चर्चा कमाइरहेका निर्देशक मदन दुम्स्ले गरेका हुन् । निर्देशक दुम्स्का अनुसार यो भिडियोमा दुख गरे अनुसार दर्शकहरुले रुचाउनेमा ढुक्क रहेको बताए ।
श्रीकुमार साम्पाङको सिनेमाटोग्राफि रहेको म्युजिक भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा रेश्मा राईको कोरियोग्राफी रहेको छ ।
Bisal chautari Media Presents
album : darshan namaste – 2
Song Title : Mata Mandina…
Singer : Rajesh Payal Rai
Lyrics : Padam Kirati
Music : Binod Khambu
Arrange: Udaya Raj Poudel
Edit : Tekendra Shah
Artist Name : Bishal Rai, Gaura Rai
Choreographer : Reshma Rai
Cinmeatography : Shir Kumar Sampang
Director : Madan Dums
Media Partner : www.bisalchautari.com
प्रतिक्रिया