Bisal Chautari Logo

हिमानी सुब्बाले गरिन्, ‘दुर्गाज ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टर’को उद्घाटन

- १६ आश्विन २०७३, आईतवार ०५:३० मा प्रकाशित


durga’s beauty parlour training centre in kathmandu
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ असोज १६ आइतबार । गोगंबु स्थित ब्युटिसियन दुर्गा खड्काको ‘दुर्गाज ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टर’को उद्घाटन भएको छ । केही दिन अगाडी चर्चित कोरियोग्राफर तथा मोडल हिमानी सुब्बाले ‘दुर्गाज ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टर’को उद्घाटन गरेकी थिइन् । ब्युटिपार्लर उद्घाटनमा एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडापनि उपस्थित रहेका थिए ।
durgas-beauty-parlour-training-centre-in-kathmanduविगत १५ वर्षदेखी ब्युटिसियन पेषामा आवद्ध दुर्गाले ब्युटिसियन क्षेत्रमा लाग्न चाहनेहरुका लागी आफुले केही योगदान गर्ने बताइन् । साथै सौन्दर्य सम्वन्धी सम्पुर्ण सुविधाहरु प्रावधान गरिनेपनि दुर्गाले बताइन् ।
durgas-beauty-parlour-training-centre-in-kathmandu-2त्यस्तै उद्घान गर्न पुगेकी चर्चित कोरियोग्राफर तथा मोडल हिमानी सुब्बाले ‘दुर्गाज ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टर’लाई बधाइ दिदै ब्युटिसियन क्षेत्रलाई टेवा पुग्ने काम गर्न सुझावपनि दिइन् ।

durgas-beauty-parlour-training-centre-in-kathmandu-1

प्रतिक्रिया