Bisal Chautari Logo

गायक हेमनले एल्बम विक्रीबाट कमाएको ४ लाख १६ हजार ’बेबी लाईफ होम’लाई सहयोग गरे

- १७ आश्विन २०७३, सोमबार १५:१८ मा प्रकाशित


heman moktan foundation helping Baby Life Home
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ असोज १७ सोमबार । गायक हेमन मोक्तानले आफ्नो दोस्रो एल्बम फर्माइस बिमोचनको गर्ने बेलामा गरेको बाचा पुरा गरेका छन् । उनले कतारमा एक महिने कन्सर्ट गर्ने र त्यसबाट संकलित भएको रकम एचआईभी पिडित बालबालिकालाई हस्तान्तरण गर्ने बताए अनुरुप नै आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको हातबाट रु ४ लाख १६ हजार ७५ रुपैया बेबी लाईफ होमलाई हस्तान्तरण गरेको हो । जहाा २४ जना एचआईभी पिडित बालबालिका अध्यन गरिरहेका छन् ।
heman-moktan-foundation-helping-baby-life-home’सामान्य स्कुलमा भर्ना समेत नलिने यी बालबालिकाको अवस्थाले जसको पनि मन छुन्छ यसैले यिनको शिक्षा र स्वास्थ्यको कोष स्थापनार्थ यो सहयोग गरेको हु’ हेमनले सहयोगी भावमा बताए । आफ्नै नाममा हेमन मोक्तान फाउन्डेसनको स्थापना गर्दै सोहि फाउन्डेसन मार्फत उनले चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा हेमनको यो प्रयासलाई प्रमुख अतिथि माधवकुमार नेपालले तारिफ गरेका थिए ।
heman-moktan-foundation-helping-baby-life-home-2’युवाले चाहनु पर्छ सहयोग भनेको सानो ठुलो हुदैन र हेमनको सुरुवात राम्रो छ , यसले निरन्तरता पाओस’ पूर्वप्रधानमन्त्री नेपालले भने ’हामीले पहाड चढ्दा माथि हैन तल हेर्नु पर्छ नि थाहा हुन्छ कति माथि छौ त्यसैले हेमन जी अगाडी बढ्नुस , तपाइको पाइला सफलता तीर लम्किदै छ ।’
यसरि नेपालले हेमनको पहिलो प्रयासको तारिफ मात्र गरेनन अगाडी बढ्नको हौसला थप्दै सहयोग गर्ने वाचा समेत गरेका थिए । सोहि अवसरमा गायक मोक्तानले आगामी दिनमा हेमन मोक्तान फाउन्डेसन मार्फत बालबालिकालाई अगाडी बढाउदै आफ्नो सांगीतिक यात्रालाई पनि निरन्तरता दिने बताए ।

प्रतिक्रिया