Bisal Chautari Logo

‘मिस एण्ड मिसेस धादिङ आइडल–२०१६’को अन्तिम प्रतिस्पर्धामा ३४ जना छनौट | फोटोसुट सम्पन्न

- ४ मंसिर २०७३, शनिबार १६:०३ मा प्रकाशित


miss and Mrs dhading idol 2016
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ मंसिर ४ शनिबार । ग्रामिण महिलाहरुको ब्याक्तित्व विकास गराउने मुख्य उद्देश्य राखेर ‘मिस एण्ड मिसेस धादिङ आइडल – २०१६’को आयोजना हुने भएको छ । धादिङमै पहिलो चोटी आयोजना हुन लागेको प्रतियोगितामा ३४ जना अन्तिम प्रतिस्पर्धाको लागी छनौट भएका छन् ।
miss-and-mrs-dhading-idol-2016एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागी छनौट भएको ३४ प्रतियोगीहरुको फोटोसुट सम्पन्न भएको छ । ‘मिस एण्ड मिसेस धादिङ आइडल – २०१६’ को फोटोसुट अफिसियल मिडिया कोर्डिनेटर तथा फाटोग्राफर विशाल राईले गत मंसिर १ गते धादिङमै गरेका थिए । फोटोसुटका बारेमा बोल्दै आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले फोटोसुटबाट प्रतियोगीहरुले मोडल फोटोग्राफी आइडियाको ज्ञानपनि लिएको बताए ।
miss-and-mrs-dhading-idol-2016-2मंसिर १८ गते फाइनल हुन लागेको प्रतियोगितामा एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् । साथै अहिले ट्ेरनिङसंगै स्थानिय बाल आश्रम भिजिट गर्दै प्रतियोगीहरुलाई सामाजिक कामको बारेमापनि जागरुक बनाइरहेको अफिसिय कोरियोग्राफर हिमानीले बताइन् ।

miss-and-mrs-dhading-idol-2016-1

प्रतिक्रिया