Bisal Chautari Logo

‘पुरानो डुङ्गा’ प्रिमियरमा दयाहाङसंग आर्यन, केकी, पूजा र वर्षा (फोटो फिचरसहित)

- १० मंसिर २०७३, शुक्रबार ०८:२२ मा प्रकाशित


PURANO DUNGA movie primiar Dayahang Rai, Aaryan Sigdel, Pooja Sharma, Keki adhikari, Maotse Gurung
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ मंसिर १० शुक्रबार । बर्ष ०७३ कै प्रतिक्षित चलचित्र ‘पुरानो डुङ्गा’को प्रिमियर काठमाण्डौको जय नेपाल हलमा गरिएको छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्रले डुङ्गा चलाउने दाई र विग्रिएको भाइको सम्बन्धको कथा भन्छ ।
purano-dunga-movie-primiar-dayahang-rai-pooja-sharma-keki-adhikari-maotse-gurungआज शुक्रबारबाट रिलिज भएको चलचित्रको प्रिमियरमा बेलायतबाट नेपाल आएर चलचित्रका मुख्य कलाकार दयाहाङ राई उपस्थित भएका थिए । उनी, वुधबार बेलुकी चलचित्रका निर्देशक रामबाबु गुरुङसँग अष्ट्रेलिया शोका लागि प्रस्थान पनि गरे । प्रिमियरमा नायिका मेनुका प्रधान, कलाकार माओत्से गुरुङ उपस्थित थिए । तर, नायिका प्रियंका कार्की भने बेलायतमा रहेकाले कार्यक्रममा उपस्थित हुन सकिनन् ।
purano-dunga-movie-primiar-dayahang-rai-aaryan-sigdel-maotse-gurungप्रियंकाको अभाव महशुश हुन नदिन अन्य नायिकाहरु प्रिमियरमा सहभागी भए । नायिकाहरु केकी अधिकारी, वेनिशा हमाल, पूजा शर्मा, बर्षा राउत हलमा देखिए । नायक आर्यन सिग्देल पनि चलचित्र हेर्न पुगेका थिए । साथमा चलचित्रकर्मी, पत्रकारको बाक्लो भीड जय नेपाल हलमा देखिन्थ्यो ।
dayahang-rai-pooja-sharma-keki-adhikari-purano-dunga-movie-primiarभोली शुक्रबारबाट प्रदर्शनमा आउने यो चलचित्रले मिश्रति प्रतिक्रिया पाएको छ । ‘कबड्डी र कबड्डी कबड्डी’ निर्देशन गरेका रामबाबुले यसपटक भने कमेडी भन्दा पनि गम्भिर बिषयलाई उठान गरेका छन् ।
dayahang-rai-and-keki-adhikari-purano-dunga-movie-primiarमाओत्से गुरुङ र मेनुका प्रधान चलचित्रको मुख्य हाइलाइटमा छन् । ‘नीर जहिले रिसाउने’ गीतका कारण यो चलचित्र चर्चामा छ ।

purano-dunga-movie-primiar-dayahang-rai

प्रतिक्रिया