Bisal Chautari Logo

गायक रविन राई दोस्रो एल्बम ‘ज्यानै जाने भो’ लिएर आउदै

- १६ मंसिर २०७३, बिहीबार ०३:३५ मा प्रकाशित


rabin rai second album jyanai jane vo
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ मंसिर १६ बिहिबार । गायक रविन राई पहिलो एल्बम ‘समय’पछी दास्रो एल्बम ‘ज्यानै जाने भो’ लिएर बजारमा आउने भएका छन् । चाडै सार्वजनिक हुने एल्बमका प्राय सबै गीतहरु रेकर्ड भइसकेको गायक रविनले बताए ।

rabin-rai-second-album-jyanai-jane-voतस्बिर : मदन दुम्स्

पहिलो एल्बमको खासै प्रचार प्रसार नगरेकोले पनि एल्बमको खासै चर्चा हुन सकेन । गायक रविनले भने ‘–तर जतिले एल्बमको गीतहरु सुने सबैले गीतहरु राम्रो रहेको र संगीतलाई निरन्तरता दिन आग्रह गरेकाले दास्रो एल्बमको तयारीमा लागेको हो ।’
गायक रविनको दास्रो एल्बममा एल्बममा ७ वटा गीतहरु समावेश हुदैछ । एल्बमको ६ वटा गीत रेकर्ड भइसकेको छ, भने १ गीतको रेकर्ड हुन बाकि रहेको छ । एल्बममा ३ वटा डोएट गीतहरु सामावेश गरिएको छ । गायक रविनलाई डोएट गीतमा गायिका मिलन अमात्य र नव गायिका अमृता लिम्बुले साथ दिएका छन् ।
एल्बमको बारेमा विशाल चौतारी डटकमसंग बोल्दै गायक रविनले एल्बममा फरक फकर धारको गीतहरु समावेश गरेको बताए । सेन्टिमेन्टल, डान्सिङ, लवसंङ, देशभक्ती लगायतका गीहरु समावेश गरिएको रविनले बताए ।
एल्बममा तारा प्रकाश लिम्बु, डिआर अटु, बिबी अनुरागी, पावल चाम्लिङ, निर्वाचन राइ्र्र र राई नविनको संगीत रहेको छ । त्यस्तै पदम किराती, उमेश कालिकोटे, राई नवीन, प्रेम प्रसाद भट्टराई, डिआर अटु र निर्वाचन राइको शब्द रहेको छ । एल्बमको म्युजिक भिडियोहरुपनि हुने क्रम जारि रहेको छ । एल्बमको टाइटल गीत ‘ज्यानै जाने भो’को म्युजिक भिडियो चाडै बजारमा आउदैछ ।

प्रतिक्रिया