Bisal Chautari Logo

प्रकृति र सावित्री भइन्, मिस एण्ड मिसेस धादिङ आइडल –२०१६ (भिडियो तथा फोटो फिचर सहित)

- १९ मंसिर २०७३, आईतवार १७:५० मा प्रकाशित


miss dhading idol 2016 winner prakriti rana and mrs dhading idol 2016 winner sabitri shrestha
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : विशाल राई
धादिङबेसी, २०७३ मंसिर १९ आइतबार । २० प्रतिस्पर्धीहरुलाई उछिन्दै पहिलो मिस धादिङ आइडल –२०१६ को उपाधी प्रकृति राना मगरले जितेकी छिन् । साथै सब–टाइटल अन्र्तग बेस्ट हेयरको उपाधीपनि प्रकृतीले आफ्नो पोल्टामै पारिन् ।
miss-dhading-idol-2016-winner-prakriti-rana-and-mrs-dhading-idol-2016-winner-sabitri-shresthaनिर्णायक मण्डलका प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिदै प्रकृतिले उपाधी जितेकी हुन् ।
प्रकृति मिस धादिङ आइडल –२०१६को ताज जित्दा फस्ट रनरअफको ताज भने प्रमिला भट्टले आफ्नो शिरमा पारिन् । त्यस्तै क्रमश: सेकेण्ड रनरअफ ईसु तामाङ, थर्ड रनरअफ कोपिला राना मगर र फोर्थ रनरअफ आशा तामाङ भईन् ।
miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-8एमाजोन इन्टरटेन्मेन्टले धादिङ जिल्लामै पहिलो चोटी आयोजना गरेको प्रतियोगितामा बिजेता प्रकृति राना मगरलाई ताजसंगै क्यास प्राइज १० हजार, गिफ्ट ह्याम्पर, स्थानिय विभिन्न प्रोडक्टहरुमा ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएसंगै अन्य धेरै प्राइजहरु आयोजकले प्रद्धान गरेको छ । त्यस्तै फस्ट रनरअप, सेकेन्ड रनरअप, थर्ड रनरअप र फोर्थ रनरअप बिजेताहरुलाई ताजसंगै विभिन्न गिफ्टह्याम्परहरु प्रदान गरिएको छ ।
prakriti-rana-miss-dhading-idol-2016-win-cringमहिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले आयोजना गरिएको मिस धादिङ आइडल –२०१६को सबटाइटलमा क्रमश : बेस्ट ट्यालेन्ट उपाधी आसा गुरुङ, बेस्ट क्याटवाल्क बिना तामाङ, बेस्ट पर्सानालिटि पेमा तामाङ, बेस्ट फोटोजेनिक ममता गुरुङ, बेस्ट स्माइल मनिका गुरुङ, बेस्ट डिसिप्लेन दिपा थापा, मोस्ट चार्मिङ बिनिता गुरुङ, मोस्ट पपुलर मोनिका थापा, मोस्ट इनोसेन्ट करुणा मिजर, बेस्ट स्किन अन्जु थापा, मोस्ट इन्टेलिजेन्ट इसु तामाङ, मोस्ट स्मार्ट संगीता नेपाल, मोस्ट एक्टिभ हसिना खान, मोस्ट स्टाइलिस सपना गुरुङ, मोस्ट पंचुअल प्रदेश श्रेष्ठ, बेस्ट कम्प्लेक्सन प्रमिला भट्ट, मोस्ट कन्फिडेन्ट कोपिला थापा मगर, मोस्ट बब्लि राधा गुरुङ, मोस्ट ब्युटिफुल जेबिना लाहानी, मोस्ट एटाक्टिभ सुस्मा श्रेष्ठ र बोस्ट फ्रेण्डसिप मोनिका थापाले सबटाइटल अन्र्तगत जितेका छन् ।

miss-dhading-idol-2016-winner-prakriti-rana-and-mrs-dhading-idol-2016-winner-sabitri-shrestha-1

सावित्रि श्रेष्ठलाई मिसेस धादिङ आइडल –२०१६

mrs-dhading-idol-2016-winner-sabitri-shrestha-2त्यस्तै मिसेस धादिङ आइडल २०१६ को ताज सावित्रि श्रेष्ठले आफ्नो शिरमा पार्न सफल भएकी छिन् । १२ जना प्रतियोगीहरुलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेकी हुन् । बिजेता सावित्रिलाई ताजसंगै क्यास प्राइज १० हजार, गिफ्ट ह्याम्पर तथा अन्य धेरै प्राइजहरु आयोजकले प्रद्धान गरेको छ ।
mrs-dhading-idol-2016-winner-sabitri-shresthaनिर्णायक मण्डलका प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिदै सावित्रिले उपाधी जितेकी हुन् ।
त्यस्तै प्रतियोगीतामा फस्ट रनरअफ रत्ना बस्नेत, सेकेण्ड रनरअफ कल्पना गुरुङ, थर्ड रनरअफ भगवती गुरुङ र फोर्थ रनरअफ सानु तमाङ भईन् ।
बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको मिसेस धादिङ आइडल –२०१६ को सबटाइटलमा क्रमश : बेस्ट ट्यालेन्ट मर्खा तामाङ, बेस्ट फोटोजेनिक दीपा थापा, बेस्ट क्याटवाक सुजता अधिकारी, बेस्ट पर्सनालिटि कल्पना गुरुङ, बेस्ट डिसिप्लेन हरिकला गुरुङ, मोस्ट चार्मिङ सबिना गुरुङ, मोस्ट पपुलर रत्ना बस्नेत, मोस्ट इन्टेलिजेन्ट सानु तामाङ, बेस्ट स्किन प्रमिला गुरुङ, बेस्ट हेयर साबित्री श्रेष्ठ, मोस्ट एक्टिभ राधिका गंगाल, बेस्ट स्माइल भगवती गुरुङ र बेस्ट कम्प्लेक्सन अन्जु भुजेलले सबटाइटल अन्र्तगत जितेका छन् ।
miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-9प्रतियोगीतामा चर्चित कोरियोग्राफर कला सुुब्बा, चर्चित अभिनेत्री सञ्चिता लुइटेल, मिसेस मंगोल २०१६ का बिजेता सोनम राई, अभिनेतार राज कटुवाल र दिव्य दर्शन टेलिभिजनका कार्यकारी निर्देशक दिपक कोइराला निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगिताका बिजेता मिस धादिङ आइडल रानाले उपाधिसगै मिस व्युटि क्युइन र मिसेस धादिङ आइडल श्रेष्ठले उपाधिसगै मिसेस नेपाल आइडल प्रतियोगीतामा सहभागी हुन पाउने अवसर पाएका छन् । मिस एण्ड मिसेस धादिङ आइडल –२०१६को कोरियोग्राफ एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् ।
dhiraj-raiमिस एण्ड मिसेस धादिङ आइडल –२०१६ को फाइनल कार्यक्रम हेर्न करिव ७ सय दर्शकहरु खचाखच थिए । कार्यक्रममा कलाकारहरुको प्रस्तुतीमापनि दर्शकहरु अत्याधिक झुमेका थिए । काठमाडौबाट गएका चर्चित पप गायक धिरज राई, डान्सर एनी कुवर, तथा स्थानिय कलाकारहरुको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । गायक धिरज राईले कार्यक्रममा ५ वटा गीत गाएका थिए ।

कार्यक्रमका अन्य तस्बिरहरु हेर्नुहोला :-

prakriti-rana-miss-dhading-idol-2016-winner-2

prakriti-rana-miss-dhading-idol-2016-winner-3

miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-2

miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-3

prakriti-rana-miss-dhading-idol-2016-winner

miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-4

miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-5

miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-1

miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-6

miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-7

anny-kunwer

miss-dhading-idol-2016-winner-prakriti-rana-and-mrs-dhading-idol-2016-winner-sabitri-shrestha-6

prakriti-rana-miss-dhading-idol-2016-winner

prakriti-rana-miss-dhading-idol-2016-winner-1

miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-10

miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-11

miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-12

miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-13

miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-14

miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-15

miss-and-mrs-dhading-idol-2016-winner-prakriti-rana-16

प्रतिक्रिया