Bisal Chautari Logo

मिरा राईलाई जिताऔ अभियानमा दर्जनौ गायक–गायिकाहरुले भोटको अपिल गरे (भिडियो सहित)

- २५ मंसिर २०७३, शनिबार १४:२४ मा प्रकाशित


Mira Rai Adventurers Of the year 2017 trail runner vote for mira
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ मंसिर २५ शनिबार । नेशनल जिओग्राफिक एडभेञ्चर अफ दि इयरको उत्कृष्ट १० मा पर्न सफल नेपालकी अल्ट्रा धाविका मिरा राईलाई जिताउन काठमाडौमा गायक गायिकाहरुले भोटको अपिल गरेका छन् ।
mira-rai-adventurers-of-the-year-2017-trail-runner-vote-for-miraकिरात मन्च नेपाल (युके)ले आयोजना गरेको ‘मिरा राई लाई जिताऔ अभियान’मा दर्जनौ गायक, गायिका, तथा समाजसेवीले भोटको अपिल गरेका हुन् । औपचारिक कार्यक्रममा अल्ट्रा धाविका मिरा राईलेपनि भोटको अपिल गरेकी छिन् ।
भोट अपिल गर्नेहरुमा क्रमश : गायिका सरला राई, मिना राई, कला राई, मेनुका राई, पार्वती राई, तायाहाङ्मा राई, गायकहरु रुप कुमार राइ, ईशाक राई, बिक्रम राई, खुसिन्चियो चाम्लिङ, किरात राई विध्यार्थी संघका सहसचिव भिम दुमी राई, समाज सेवी अगुवा विरेन्द्र राई, तथा किरात मन्च नेपाल केन्द्रिय सदस्य तथा प्रबास महासचिब छिलिंग किरात रहेका थिए ।
mira-rai-adventurers-of-the-year-2017-trail-runner-vote-for-mira-3केन्द्रीय सदस्य अमिता राईको निवासमा विभिन्न अभियन्ता र किरात मन्च नेपालको सदस्यहरुको उपस्थितीमा ‘मिरा राई जिताऔ अभियान’ सामुहिक भोटिंग अपिल गरेको भिडियो विशाल चौतारी मिडिया प्रा.लीद्धरा सार्वजनिक गरिएको छ । सम्पुर्ण कलाकारहरुले देश विदेशमा रहेको नेपालीहरुलाई भोट गर्नु अपिल गरेका छन् । साथै किरात मन्च नेपालका प्रवास अध्यक्ष मुलघरे कान्छा (राजेन खिम्बुले राई), किरात मन्च नेपाल, बेलायत अध्यक्ष बिनोद राईको सहयोगमा यो अपिल कार्यक्रम सम्पन्न भएको थियो ।

mira-rai-adventurers-of-the-year-2017-trail-runner-vote-for-mira-2

mira-rai-adventurers-of-the-year-2017-trail-runner-vote-for-mira-1

प्रतिक्रिया