Bisal Chautari Logo

‘मिसेस हिमालयन –२०१७’को पहिलो फोटोसुट सम्पन्न

- ११ पुष २०७३, सोमबार १५:३४ मा प्रकाशित


mrs himalayan 2017
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ पौष ११ सोमबार । बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको ‘मिसेस हिमालयन –२०१७’ को चौथो संस्करण हुने भएको छ । गत आइतबार दरबार मार्गको सि–डब्लु रेस्टुरेन्टमा पहिलो चरणको फोटोसुट गरिएको छ ।
mrs-himalayan-2017-1एमाजोन इन्टरटेन्मेन्टले आयोजना गर्ने प्रतियोगितामा विबाहित ८ महिलाहरुको फोटोसुट अफिसियल फोटोग्राफर बिशाल राईले गरेका छन् । दोस्रो चरणको फोटोसुट अब केही दिनमै हुने आयोजक संस्थाका अध्यक्ष कमल खतिवडाले बताए ।
mrs-himalayan-2017-2‘मिसेस हिमालयन –२०१७’ को अफिसियल कोरियोग्राफर हिमानी सुब्बाले अहिले पहिलो चरणका प्रतियोगीहरुलाई क्लास दिइरहेकी छिन् । चौथो चोटी आयोजना हुन लागेको प्रतियोगीतामा यस पटकका प्रतिस्पर्धीहरु निकै उत्साहित र आसा लाग्दा रहेको कोरियोग्राफर हिमानीले बताइन् । यस प्रतियोगिताको फाइनल यही पौष २५ गते हुदैछ ।

mrs-himalayan-2017

mrs-himalayan-2017-3

प्रतिक्रिया