Bisal Chautari Logo

अम्बिका तिमल्सिना भइन्, ‘मिसेस हिमालयन –२०१७’ (फोटोफिचरसहित)

- २६ पुष २०७३, मंगलवार ०८:३४ मा प्रकाशित


mrs himalayan 2017 winner ambika timalsina
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ पौष २६ मंगलबार । ‘मिसेस हिमालयन –२०१७’ को उपाधी अम्बिका तिमल्सिनाले जितेकी छिन् । निर्णायक मण्डलका प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिदै अम्बिकाले उपाधी चुमेकी हुन् ।
mrs-himalayan-2017-winner-ambika-timalsinaजमल स्थीत राष्ट्रिय नाचघरमा गत सोमबार भएको फाइनल प्रतियोगितामा अम्बिकाले ‘मिसेस हिमालयन –२०१७’को उपाधी चुम्दा पुनम बर्देवाले फस्ट रनरअपको उपाधी आफ्नो शिरमा पार्न सफल भइन्, भने क्रमश: सेकेन्ड रनरअपको उपाधी सुशिला गौतम र थर्ड रनरअपको उपाधी अम्बिका गुरुङले जिते । विजेता विनरहरुलाई ताज, ट्रफी तथा अन्य धेरै गिफ्टह्याम्परहरु प्रदान गरिएको थियो ।
mrs-himalayan-2017-winner-ambika-timalsina-1बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा सब–टाइटल अन्र्तगत बेस्ट ट्यालेन्टको उपाधी पुनम बर्देवाले आफ्नो पोल्टामा पारिन् । त्यस्तै क्रमश : बेस्ट फोटोजेनिक अम्बिका गुरुङ, बेस्ट क्यटवाल्क रोशना मास्के, मोस्ट एक्टिभ प्रकृती श्रेष्ठ, बेस्ट स्किन आरती थापा मगर, बेस्ट हेयर अम्बिका तिमल्सिना, मोस्ट डिसिप्लेन मात्रिका आले मगरले जितेका छन् ।
mrs-himalayan-2017-winner-ambika-timalsina-3त्यस्तै मोस्ट ब्युटिफुल रजनी गुरुङ, मोस्ट कन्फिडेन्ट सुशिला गौतम, मोस्ट चार्मिङ कमला पुन मगर, मोस्ट इनोसेन्ट बिनु राई न्यौपाने, मोस्ट पपुलर अम्बिका गुरुङ र बेस्ट ड्रेस अन्र्तगत रजनी गुरुङले सब–टाइटलमा जितेका छन् ।
अन्तिम प्रतिस्पर्धाको निर्णायकहरुमा आरजे तथा मोडल कला सुब्बा, मोडल तथा अभिनेता दिक्पाल कार्की, ब्युटिसियन गौरा राई क्षेत्री र पत्रकार अरुणा भट्टराई रहेका थिए ।
mrs-himalayan-2017-winner-ambika-timalsina-2चौथो चोटी आयोजना भएको ‘मिसेस हिमालयन –२०१७’ का प्रतिस्पर्धीहरुलाई आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका अफिसिलय कोरियोग्राफर हिमानी सुब्बाले कोरियोग्राफ गरेकी थिइन् । विजेताहरुलाई एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, एमाजोन इन्टरटेन्मेन्टकै अफिसियल कोरियोग्राफर हिमानी सुब्बा, निर्णायकहरु आरजे तथा मोडल कला सुब्बा, मोडल तथा अभिनेता दिक्पाल कार्की, ब्युटिसियन गौरा राई क्षेत्री, पत्रकार अरुणा भट्टराई, विशाल चौतारी डटकमका प्रधान सम्पादक विशाल राई लगायतले ट्रफी र ताज पहिराईदिएका थिए ।
tayahangma-rai-mrs-himalayan-2017चर्चित कोरियोग्राफर तथा उद्घोषक रोजिन शाक्यले सञ्चालन गरेको कार्यक्रममा नृत्य, गीत प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइएको थियो । कार्यक्रममा चर्चित पप गायक धिरज राई, गायिका तायाहाङ्मा राईले गीत प्रस्तुत गरेका थिए ।

dhiraj-rai-mrs-himalayan-2017

mrs-himalayan-2017-winner-ambika-timalsina-5

mrs-himalayan-2017-2

mrs-himalayan-2017-1

mrs-himalayan-2017-3

mrs-himalayan-2017-winner-ambika-timalsina-4

mrs-himalayan-2017-4

mrs-himalayan-2017-5

mrs-himalayan-2017-6

mrs-himalayan-2017-7

mrs-himalayan-2017-8

mrs-himalayan-2017-9

mrs-himalayan-2017-10

mrs-himalayan-2017-11

mrs-himalayan-2017-12

mrs-himalayan-2017-13

प्रतिक्रिया