Bisal Chautari Logo

चिरञ्जीवीको ‘कैदी नम्बर १५०’ले तोड्यो अमिरको दंगलको रेकर्ड

- ५ माघ २०७३, बुधबार ०७:१५ मा प्रकाशित


chiranjeevi movie khaidi no 150 broke records aamir khan dangal movie
एजेन्सी
काठमाडौ, २०७३ माघ ५ बुधबार । दक्षिण भारतका मेघा स्टार चिरञ्जीवीले अभिनय गरेको फिल्म ‘कैदी नम्बर १५०’ ले बक्स अफिसमा कमाल गरेको छ । पहिलो दिनको कमाईमा यो फिल्मले आमिर खानको सुपरहिट फिल्म दंगललाई पनि उछिनेको थियो ।
chiranjeevi movie khaidi no 150 broke records aamir khan dangal movieदंगलले प्रदर्शनको पहिलो दिन ४१.१९ करोड कमाएको थियो भने कैदी नम्बर १५० ले ४१.७५ करोड कमाएको छ । यो फिल्ममार्फत चिरञ्जीवीले एक दशकपछि पुनरागमन गरेका हुन् । उनको पुनरागमन जबरजस्तरुपमा सफल भएको छ । सक्षिककहरुले पनि उनको यो फिल्मलाई तारिफ गरेका छन् ।
प्रदर्शनको पाचौं दिनमा आइपुग्दा फिल्मले १०० करोडको व्यापार गरिसकेको छ । यो रजनीकान्तको कबाली र राजामौलीको बाहुबलीपछि सबैभन्दा ठूलो ओपनिङ गर्ने तेस्रो फिल्म बनेको छ । चिरञ्जीवीको तीन दशकभन्दा लामो करिअरमा यो सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । भारतमा मात्र नभएर अन्य मुलुकमा पनि फिल्मको व्यापार उच्च छ ।

प्रतिक्रिया