Bisal Chautari Logo

‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’को फोटोसुट सम्पन्न || अन्तिम प्रतिस्पर्धामा २२ जना छनौट

- २७ माघ २०७३, बिहीबार १६:०२ मा प्रकाशित


miss and mrs kavre idol 2017 photoshoot
विशाल चौतारी समाचार
तस्बिरहरु : बिशाल राई, सुदिप राई
बनेपा, २०७३ माघ २७ बिहिबार । काभ्रे जिल्लामा पहिलो चोटी आयोजना भइरहेको ‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’को फाइनल प्रतिस्पर्धामा २२ जना प्रतिस्पर्धीहरु छनौट भएका छन् ।
miss and mrs kavre idol 2017 photoshootएमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’को फोटोसुट केही दिन अगाडी मिराबल रिसोर्ट धुलिखेलमा सम्पन्न भएको छ । ‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’को फोटोसुट अफिसियल मिडिया कोर्डिनेटर तथा फाटोग्राफर विशाल राईले गरेका छन् । फोटोसुटका बारेमा बोल्दै आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले फोटोसुटबाट प्रतियोगीहरुले मोड्लिङ फोटोग्राफी सम्वन्धीपनि ज्ञान लिएको बताए ।
miss and mrs kavre idol 2017 photoshoot (2)महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले ‘मिस काभ्रे आइडल –२०१७’को आयोजना गरिएको हो भने ‘मिसेस काभ्रे आइडल –२०१७’को बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए ।
miss and mrs kavre idol 2017 photoshoot (1)फागुन १४ गते पञ्चकन्या ब्याङ्क्वेट बनेपामा हुन लागेको प्रतियोगितामा एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् । फाइनल कार्यक्रमको लाइभ कास्टमान्डप टेलिभिजनबाट प्रशारण हुनेछ ।

प्रतिक्रिया