Bisal Chautari Logo

निर्देशक निश्चल बस्नेतले १९९५ मा पहिलो गीत रेकर्ड गराएका थिए (भिडियो कुराकानी सहित)

- २८ माघ २०७३, शुक्रबार ०९:१२ मा प्रकाशित


Nischal Basnet in 1995 had recorded the first song
विशाल चौतारी समाचार
भिडियो : बिशाल राई
काठमाडौ, २०७३ माघ २८ शुक्रबार । ब्लकबस्टर हिट चलचित्र ‘लुट’को सिक्वेल ‘लुट–२’का रिलिजको क्रममा रहेको छ । यही चलचित्रका निर्देशक निश्चल बस्नेत अहिले चलचित्रका कलाकार जतिनै चर्चामा रहेका छन् । उनी चर्चामा हुनको कारण धेरै रहेको छ ।
Nischal Basnet in 1995 had recorded the first songनिर्देशक निश्चल बस्नेत पछिल्लो समय चलचित्र ‘लुट–२’कै आइटम गीत ठमेल बजार र ‘पर्व’ चलचित्रको आइटम गीत ‘काले दाई’को कारणले चर्चामा रहेका छन् । ठमेल बजार आइटम गीतमा नृत्य गरेका छन्, भने ‘काले दाई’मा गायनसहित नृत्य गरेका छन् ।
चलचित्र ‘लुट–२’को बारेमा विशाल चौतारीसंग कुराकानी गर्ने क्रममा निर्देशक निश्चल बस्नेतले १९९५ मा पहिलो गीत रेकर्ड गराएको बताएका छन् । आफ्नै शब्द, संगीत र गायनमा रहेको गीत केही एफएमहरुमा समेत बजेको निर्देशक निश्चलले बताए । गायक बन्ने चाहनाले अगाडी बढिरहदा आफुले २००४ सम्ममा एउटा एल्बम र ५ वटा गीत समेत रेकर्ड गराएको निश्चलले बताए ।
Nischal Basnet in 1995 had recorded the first song-1रमाइलो शैलीमा प्रस्तुत हुदै निर्देशक निश्चलले भने,‘–पहिलेको चाहनाहरु अहिले पुरा हुदैछ’ । निर्देशक निश्चलले पहिलो रेकर्ड भएको गीतपनि गाएर सुनाएका थिए ।
रमाइलो कुराकानी सुन्न र हेर्नको लागी माथिको भिडियो हुर्नुहोला :

प्रतिक्रिया