Bisal Chautari Logo

‘राइजिङ स्टार’को फाइनलमा ७५ जना बालबालिका

- २४ चैत्र २०७३, बिहीबार ०७:३९ मा प्रकाशित


Rising star 2017
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ चैत २४ बिहिबार । बालबालिकाको सौन्दर्य प्रतियोगिता ‘राइजिङ स्टार’को तेस्रो संस्करणको अन्तिम प्रतिस्पर्धा वैशाख–२ गते हुने भएको छ । क्रिएटिभ वल्र्ड नेपालले आयोजना गर्दैै आएको यो प्रतियोगिताको फाइनल काठमाडौास्थित प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।
Rising star 2071प्रतियोगिताका लागि दुई चरणमा अडिसन गरिएको थियो । प्रतियोगितामा काठमाडौा, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा २ देखि १० सम्मका जम्मा ७५ जना प्रतिभाशाली बालबालिकाहरूको सहभागीता रहने उनले बताए । प्रतियोगिताको कोरियोग्राफी किराँत बिन्दले गर्दैछन् । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र आकर्षक उपहार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया