Bisal Chautari Logo

‘मिस्टर रेक्स एण्ड मिस रेजिना–२०१७’ हुदै || विजेतालााई ५०–५० हजार

- १२ बैशाख २०७४, मंगलवार १३:४९ मा प्रकाशित


See Mr rex and Ms. regina 2017
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७४ बैशाख ७ बिहिबार । सौन्दर्य प्रतियोगिताको भीडमा अर्को थपिएको छ । अब ‘मिस्टर रेक्स एण्ड मिस रेजिना–२०१७’ पनि हुने भएको छ । आयोजक संस्था रेक्स फेसन होमले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
See Mr rex and Ms. regina 2017 (1)रेक्स सेक्युरिटी संस्था हो । यो संस्थाले पहिलोपटक ‘मिस्टर रेक्स एण्ड मिस रेजिना’ नाममा प्रतियोगिता गर्न लागेको हो । संस्थाका प्रबन्ध निर्देशक खगेश रञ्जितकारका अनुसार प्रतियोगितामा १६ देखि २४ वर्ष उमेर समूहका युवा तथा युवतीले सहभागी जनाउन पाउनेछन् ।
See Mr rex and Ms. regina 2017कार्यक्रममा बोल्दै खगेशले भने, ‘नया र केही फरक शैली अपनाएर यो प्रतियोगिता गर्न लागेका हौं ।’ उनका अनुसार प्रतियोगितामा विजेता हुने अर्थात मिस्टर रेक्स र मिस रेजिनाले नगद ५०–५० हजार पाउनका साथै विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । अन्य प्रतियोगितामा मिस विजेतलाई ताज दिएजस्तै यस प्रतियोगितामा ‘मिस्टर रेक्स’ को उपाधि हासिल गर्नेले सिल्भरको टोपीसमेत पाउनेछन् भने प्रतियोगितामा फस्ट रनरअप र सेकेण्ड रनरअपले क्रमश १० र ५ हजार तथा विभिन्न उपहार प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि आवेदन खुला भइसकेको समेत कार्यक्रम संयोजक भावना महर्जनले बताइन् । उनका अनुसार कार्यक्रमको पहिलो अडिशन यसै महिनाको अन्तिममा हुनेछ ।
See Mr rex and Ms. regina 2017 (2)यस कार्यक्रमका लागि अफिसियल कोरियोग्राफर रेक्स रञ्जितकार, एमसी, डिनेश डिसी, इभेन्ट संयोजक दिवान्स श्रेष्ठ, प्रमोटर कुलबहादुर राना, सुनिल लामिछाने र रेजिना महर्जन र सह संयोजक ज्योती मानन्धर रहेका छन् भने सल्लाहकारमा साधना रञ्जितकार रहेका छन् । कार्यक्रमको अन्तिम फाइनल आउदो ६ जेठमा राष्ट्रिय नाचरघरमा हुने जनाइएको छ ।

प्रतिक्रिया