Bisal Chautari Logo

‘सायद २’ जापानमा भव्य प्रदर्शन || उत्साहजनक प्रतिक्रियाले सुनिल दंग

- १ जेष्ठ २०७४, सोमबार १७:०० मा प्रकाशित


sayyad 2 movie premiere in japan
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ जेठ १ सोमबार । असार ३० गतेबाट अलनेपाल प्रदर्शन हुने फिल्म ‘सायद २’ युनिट यतिबेला विदेशका विभिन्न ठाउँमा विशेष प्रदर्शनको दौडाहामा छ । यसैक्रममा करिव ५०० भन्दा बढि दर्शकको माझमा फिल्म ‘सायद २’को जापानमा विशेष प्रदर्शन भव्य रुपमा सम्पन्न गरिएको छ । फिल्म हेर्न नेपाली कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्याल, एन.आर.एन. जापानका अध्यक्ष सुधन थापा लगायतका विशिष्ट व्यक्तिहरु समेत पुगेका थिए ।
sayyad 2 movie premiere in japan‘सायद २’ ले यूवा पुस्ताको वास्तबिक कथालाई उठाएको भन्दै दर्शकहरुले उत्साहजनक प्रतिक्रिया दिएको फिल्मका कार्यकारी निर्माता सुनिल रावलले बताए । जापानमा ‘सायद २’ मा सरिक हुन नेपालबाट निर्मात्री दुर्गिस थापा, निर्माता सुनिल रावल, नायक शुशिल सिटौला, सन्चारकर्मि श्याम अर्याल र सचित खड्का लगायतको टोलि जापान पुगेको थियो । सुनिल रावल, इश्वर श्रेष्ठ र सुभास लामिछानेले निर्माण गरेको ‘सायद २’ मा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगायतका कलाकारहरुको अभिनय छ । सुनिल रावलको कथा, राजु विक्रम थापाको छायांकन, अष्ट महर्जनको द्वन्द्व, गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन रहेको ‘सायद २’ लाई पुष्पराज न्यौपानले निर्देशन गरेका हुन ।

प्रतिक्रिया