Bisal Chautari Logo

ए गुरुङ र मेनुकाले तताउनेछन् हिटलरलाई

- २ जेष्ठ २०७४, मंगलवार ०८:४२ मा प्रकाशित


MENUKA PRADHAN,A.GURUNG
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ जेठ २ मंगलबार । अहिले नेपाली चलचित्रमा स्टार भन्दा पनि कथावस्तु हाबी भएको अवस्था हो । जतिपनि चलचित्रले व्यापार गरेका छन्, अधिकांश चलचित्र कथावस्तुकै कारण चलेका छन् ।
MENUKA PRADHAN,A.GURUNGनिर्देशक सौरभ ढकाल आफूले निर्देशन गरेको चलचित्र ‘हिटलर’ पनि कथावस्तुका कारण चल्नेमा ढुक्क छन् । उनले भने–‘यसपटक नामकै कारण पनि दर्शकलाई चलचित्रप्रति उत्सुकता छ । साथमा, चलचित्रको कथावस्तुले दर्शकलाई पुरा समय होल्ड गर्छ ।’
चलचित्रमा सोहित मानन्धर र नव–नायिका सामिया बर्तौलाको मुख्य भूमिका छ । तर, यो चलचित्रमा अहिले दर्शकले रुचाएका २ कलाकार मेनुका प्रधान र ए गुरुङ पनि छन् ।
निर्देशक ढकाल भन्छन्–‘ए गुरुङको कमेडी पाटोले दर्शकलाई मनोरञ्जन दिनेछ । मेनुकाको भूमिका दर्शकका लागि सरप्राइज हुनेछ ।’
उनले सोहित र सामियासँगै चलचित्रमा मेनुका र ए गुरुङ हुँदा चलचित्रकिो व्यापारमा समेत फाइदा पुग्ने बताए ।
अष्टनारायण पिक्चर्सको निर्माणमा तयार भएको यो चलचित्र जेठ १२ गतेबाट रिलिज हुँदैछ । कमेडी र प्रेम कथामा बनेको यो चलचित्रको ट्रेलर र गीतलाई रुचाइएको छ ।

प्रतिक्रिया