Bisal Chautari Logo

फरक लुक्समा ‘रातो घर’ अभिनेता विल्सन अभिनित बलीउड चलचित्रको टीजर सार्वजनिक

- ८ जेष्ठ २०७४, सोमबार १४:१३ मा प्रकाशित


wilson bikram rai bollywood movie Borivali Ka Bruce Lee Teaser
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ जेठ ४ बिहिबार । नेपाली हास्य–अभिनेता विल्सन विक्रम राई अभिनित पहिलो बलीउड फिल्म ‘बोरीवली का ब्रूश ली’को टीजर सार्वजनिक भएको छ । सार्वजनिक टीजरभरी विल्सन विक्रम राई मज्जैले छाएका छन् । विल्सनसगै टीजरमा बलीउड अभिनेत्री आयशा टाकिया लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ । टीजरमा विल्सन विश्व प्रख्यात अभिनेता ब्रूश ली जस्तो मार्शल आर्ट सिक्न खोजिरहेको छन् । उनको टीजरमा देखिएको फन्नी लुक्सले दर्शकको ध्यान खिच्न सक्छ ।
wilson bikram rai bollywood movie Borivali Ka Bruce Lee Teaserयो फिल्ममा सुप्रिया पिलजंकर, नील भुपालान, राजश्री देशपाण्डे लगायतका कलाकारहरु पनि मुख्य भूमिका रहेको छ । खबरका अनुसार, १५ सिनका लागि यो फिल्ममा अनुबन्धित भएका विल्सनले प्रत्येक सीन आयशासँग मात्र दिएका छन् । चलचित्रलाई आशूतोष वाराङले निर्देशन गरेका हुन् । फिल्मको रिलिज डेट भने फाइनल गरिएको छैन् । हास्य–अभिनेता विल्सन विक्रम राई अभिनित नेपाली चलचित्र ‘रातो घर’ यही जेष्ठ १९ गतेबाट रिलिज हुदैछ ।

टिजर हेर्नुहोस् : https://vimeo.com/209077191

प्रतिक्रिया