Bisal Chautari Logo

हङकङलाई हराउँदै नेपाल पाँचै पटक बन्यो च्याम्पियन, यू–१९ एसिया कपका लागि छनौट

- १ आश्विन २०७४, आईतवार ०५:४० मा प्रकाशित


Nepal became the champion five times
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १ आइतबार । हङकङलाइ ५ विकेटले हराउदै यू–१९ एसिया कप छनौटको उपाधि नेपालले जितेको छ । यो नेपालको पाँचै उपाधि हो । आइताबार बिहान मलेसियास्थित बायुमास ओभल भएको फाइनल खेलमा नेपालले हङकङलाइ पराजित गरेको हो ।
उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ । हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर १४.४ ओभरमै पूरा र्गयो ।
नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । ओपनर सन्दीप सुनारले १९ रन बनाए भने अर्का ओपनर आसिफ शेखले १ रनमात्र बनाउन सके । अनिल कुमार साहले १६ रन र प्रनित थापामगरले १९ रन बनाए । बलिङमा हङकङका करनदीप सिंहले ३ तथा झाथवेद एस एसले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२.१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो । साहब आलम र सन्दिप लामिछानेले ३/३ विकेट लिए भने अनिलकुमार साह र दिपेन्ऽ सिंह ऐरीले १/१ विकेट लिएका छन् ।

प्रतिक्रिया