Bisal Chautari Logo

उत्तर कोरिया नष्ट गर्न, वाध्य बनायो अमेरिकालाई

- ४ आश्विन २०७४, बुधबार १२:२७ मा प्रकाशित


US to destroy North Korea
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ४ बुधबार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो पहिलो सम्बोधन गर्दै उत्तर कोरिया पूरै विश्वको निम्ति खतरा बनेको बताएका छन्।
उत्तर कोरियालाई परमाणु अस्त्र बनाउन दिनु कसैको स्वार्थमा नरहेको भन्दै प्योंगयांगले परमाणु निरस्त्रीकरण गर्नु पर्ने बारे बुझ्ने बेला आएको बताए।
उनले प्योंगयांगले खतरा उब्जाइरहे अमेरिकाका सामु उत्तर कोरियाको पूर्ण विनाश गर्नु बाहेक अन्य विकल्प नहुने भने।
“अमेरिकासंग धेरै बल र संयम छ तर यदी प्रतिरक्षा गर्न वाध्य पारिए हामी सामु उत्तर कोरियाको विनाश गर्न बाहेक विकल्प हुनेछैन,“ ट्रम्पले भने।
इरानको आलोचना
ट्रम्पले इरानले उब्जाएको खतराबारे पनि बोलेका छन्।
इरानको नेतृत्व मध्ये पूर्वलाई अस्थिर बनाउन उद्दयत ज्यानमारा सत्ताको हातमा
रहेको उनले बताए। तेहरानलाई आतंकवादलाई समर्थन गर्न छाड्न उनले आह्वान गरे।
इरानसंगको परमाणु सम्झौतालाई उनले लाजमर्दो भन्दै पुन आलोचना गरे।
यसअघि अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले उत्तर कोरियालाई तह लगाउन दक्षिण कोरियाको राजधानी सोललाई जोखिममा नपार्ने किसिमको सैन्य विकल्पपनि आफूसंग रहेको बताएका छन्।
तर उनले ती विकल्पहरु के हुन् भनेर खुलाएका छैनन्।
चीनले धम्की र बयानबाजीले कोरियाली प्रायद्वीपमा उत्पन्न तनाव समाधान नगर्ने बताएको छ।
उत्तर कोरियामा दुई कोरियाबीचको सिमानामा रहेको सैन्य सीमांकन रेखाबाट मात्र ५६ किलोमिटर पर रहेको  सोलतर्फ फर्काएर तोप राखिएको छ। बीबीसी

प्रतिक्रिया