Bisal Chautari Logo

राजेश पायल राईले बंगालको पहिलो थ्रिडी चलचित्रमा गीत गाए || रमाइलो कुराकानी सहित (भिडियो)

- ४ आश्विन २०७४, बुधबार १५:१९ मा प्रकाशित


Rajesh Payal Rai song record yeti obhijaan movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अशोज ४, बुधबार । धेरै भाषामा गीत गाएका चर्चित गायक राजेश पायल राईले बंगाली भाषामा निर्माण भएको चलचित्र ‘यति ओभिजान’को लागी गीत रेकर्ड गरेका छन् । यस गीतको रेकर्ड केही दिन अगाडी काठमाडौमा रेकर्ड भएको थियो । बंलागी चलचित्र क्षेत्रका चर्चित संगीतकार इन्द्रदिप दासगुप्ताको संगीत रहेको गीतलाई नेपाली भाषामा गीत रेकर्ड गरिएको हो । जसलाई ट्रान्सलेट नेपालका चर्चित संगीतकार तारा प्रकाश लिम्बुले साथ दिएका छन् ।

गीत रेकर्डपनि गरिएको कुराकानी हेर्नुहोस् :

चलचित्र यति ले अफिसियल ट्रेलर र पोस्टर सार्वजनीक गरेर नेपालमा चर्चा बटुलिरहेको समयमा गीत रेकर्ड भएको हो । बंगाली भाषामा निर्माण भएको यस चलचित्रले हिंउ भित्र बस्ने मानव जाती यतिको विषयमा धेरै जानकारी दिने निर्माण पक्षले बताएको छ । चलचित्र यति लाई नेपाली भाषामा डविङ्ग गरेर गोपीकृष्ण मुभीजले देशब्यापी प्रर्दशन गर्न लागेको छ ।
निर्माण पक्षले उल्लेख गरेअनुसार यो चलचित्र असोज ६ गते (२२ सेप्टेम्बर) का दिनबाट देशभरका सम्पुर्ण सिनेमाहल प्रर्दशन हुने छ । सुनिल गंगोपाध्याको उपन्यास टेरर अन दी माउन्टेन पिकबाट एडप्टेसन गरेर निर्माण गरीएको पनि निर्माण पक्षले बताएको छ ।
भारतीय चलचित्र निर्माण कम्पनी एसभीएफ इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र यतिमा धेरै नेपाली कलाकारको अभिनय समेत देख्न सकिन्छ । यति लाई बंगालको पहिलो थ्रिडी चलचित्र बताईएको छ ।

प्रतिक्रिया