Bisal Chautari Logo

राजेशपायल राईको ‘दर्शन नमस्ते–३’ गीत नेपालसंगै कतार र युएइमा पनि ट्रेन्डिङमा (भिडियो सहित)

- ४ आश्विन २०७४, बुधबार १६:२३ मा प्रकाशित


Rajesh Payal Rai Kina Yeti Dherai Maya Lagchha Ni Hau TRENDING on nepal, Qatar and UAE
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अशोज ४, बुधबार । चर्चित गायक राजेश पायल राईको अत्याधिक पर्खाइमा रहेको एल्बम ‘दर्शन नमस्ते–३’को ‘किन यति धेरै माया लाग्छ नि हौ’बोलको गीत चर्चामा रहेको छ । चर्चासंगै नेपाल, कतार र युएइमा यो गीत ट्रेन्डिङमा समेत परेको छ ।
नेपाल ट्रेन्ड्रिमा अहिले यो म्युजिक भिडियो १० स्थानमा रहेको छ, भने कतारमा ३५ स्थान र युएईमा २० स्थानमा रहेको छ । ४ दिन अगाडी सार्वजनिक भएको भिडियोलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् ।
विन्धवासिनी म्यूजिकले १५ लाखमा एल्बमको अधिकार किनेको गीत ‘किन यति धेरै माया लाग्छ नि हौ’ विन्धवासिनी म्यूजिकको अफिसियल युट्युव च्यानल विन्धवासिनी म्यूजिकबाट आज अशोज १ गते बेलुकी सार्वजनिक गरिएको थियो ।
सार्वजनिक गीतमा चर्चित संगीतकार महेश खड्काको शब्द तथा संगीत रहेको छ, भने एरेञ्ज महाराज थापाको रहेको छ ।
यस गीतको म्युजिक भिडियोलाई चर्चित नृत्य निर्देशक कमल राईले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा अगाडी चर्चित हास्य अभिनेता विल्सन विक्रम राई र एलिशा राई फिचरिङ रहेका छन् । स्टोरि बेसमा तयार भएको म्युजिक भिडियोमा गीत सुरु हुनुभन्दा अभिनेता विल्सन र अभिनेत्री अरुणा कार्कीको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफीमा तयार भएको भिडियोमा निर्देशक कमल राईकै कोरियोग्राफीपनि रहेको छ ।

भिडियो हेर्नुहोस् :


Rajesh Payal Rai Darshan Namaste 3 || Kina Yeti Dherai Maya | Feat. Wilson Bikram Rai & Alisha Rai

प्रतिक्रिया