Bisal Chautari Logo

दुइ गोल उपहार सहित, बार्सिलोनाको लगातार छैठौं जित

- ८ आश्विन २०७४, आईतवार ०८:०६ मा प्रकाशित


Barcelona vs Girona 
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ८ आइतबार । स्पेनिस ला लिगा खेलमा दुई उपहार गोलको समिहत बार्सिलोनाले गिरोनालाई ३–० गोल अन्तरले हराएको छ । बार्सिलोनाको स्पेनिस ला लिगामा यो लगातार छैठौं जित हो ।
शनिबार भएको खेलमा बार्सिलोनाले ला लिगामा पहिलो सिजन खेलिरहेको गिरोनालाई हराएको हो ।
बार्सिलोनाले दुई गोल उपहार पाएको थियो । घरेलु टोली गिरोनाका बेनिटेले १७ औं मिनेटमा आत्मघाती गोल गरे । दोस्रो हाफको सुरुमा नै इराजोजले आत्मघाती गोल गरेपछि बार्सिलोना २–० को अग्रता लिन सफल भयो ।
खेलको ६९ औं मिनेटमा लुइस स्वरेजले गोल गरे । जितसँगै लिग लिडर बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ ।

प्रतिक्रिया