Bisal Chautari Logo

बलिउड गायक अंकित तिवारीको कन्सर्ट नेपालमा || चलचित्र ‘रोमियो’को साथ

- १८ आश्विन २०७४, बुधबार ११:३४ मा प्रकाशित


ankit tiwari live concert in nepal chitawan
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अशोज १८, बुधबार । बलिउडका चर्चित पाश्र्व गायक अंकित तिवारी आफ्नो नयाा म्यूजिक भिडियो प्रमोशनका क्रममा नेपाल आउने भएका छन् । उनी, २१ अक्टोबरमा चितवनमा आयोजना हुन लागेको भव्य कन्सर्टमा सहभागी हुन नेपाल आउन लागेका हुन् । यो कन्सर्ट चितवनको क्याम्पस चौरमा आयोजना हुदैछ ।
अंकितले एक भिडियो सन्देश मार्फत आफू आफ्नो नयाा म्यूजिक भिडियो ‘तुम हर दफा’को प्रमोशनका लागि नेपाल आउन लागेको बताएका छन् । ज्याज इन्टरटेन्टमेन्ट र नविन उपाध्यायको आयोजनामा हुन लागेको यो कन्सर्टमा चर्चित गायक तिवारीले आफ्ना हिट गीतहरु गाउनेछन् । चलचित्र ‘एक भिलेन’को ‘तेरे गलिया’ बोलको गीतले अंकितलाइ निकै चर्चित बनाएको थियो ।
यो कार्यक्रममा नेपाली चलचित्र ‘रोमियो’ले सपोर्ट गरेको छ । अंकितले आफ्नो भिडियो सन्देशमा ‘रोमियो’को नाम लिदै आफ्नो कन्टर्समा सपोर्ट गरेको उल्लेख गरेका छन् । यो कार्यक्रममा चलचित्र ‘रोमियो’का कलाकारले करिब १५ मिनेटको प्रस्तुती दिने निर्माता तथा नायक हसनराजा खानले जानकारी दिए । यो चलचित्र कात्तिक २४ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ ।
चलचित्रमा मेलिना मानन्धर, नीशा अधिकारी, हसनराजा खान, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका छ । हसनले भने–‘अंकितको कन्सर्टमा हामी पनि जोडिएका छौ । दर्शकले हाम्रो प्रस्तुतीलाइ पनि मन पराइदिनुहुनेछ भन्नेमा विश्वस्त छौ ।’

प्रतिक्रिया