Bisal Chautari Logo

अमेरिका, नेदरल्यान्ड, चिली बाहिरीए, यी हुन विश्वकपकका लागि छनोट भएका २२ देश

- २५ आश्विन २०७४, बुधबार ०८:४२ मा प्रकाशित


22 countries selected for the World Cup
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २५ बुधबार । अर्को वर्षसन् २०१८ मारुसमा हुने विश्वकपमा अहिलेसम्म २२ वाटा देश छनोट भएका छन् । जम्मा ३२ देश सहभागी हुनेछन् । अब १० देश छनोट हुन बाकीँ रहेको छ ।
                                                                                                                                 फाइल फोटो

अब छनोटको प्ले अफ बाँकी छ । अहिलेसम्म छनोट हुन सफल देशहरु जर्मनी, ब्राजिल, अर्जे्न्टिना, बेल्जियम, कोलम्बिया, कोस्टारिका, इंग्ल्यान्ड, इजिप्ट र फ्रान्स छन् ।
यस्तै फ्रान्स, आइसल्यान्ड, इरान, जापान, मेक्सिको, नाइजेरिया, पानामा, पोल्यान्ड, पोर्चुगल, साउदी अरेबिया, सर्बिया, दक्षिण अफ्रिका, स्पेन र उरुग्वेले पनि आगामी विश्वकप खेल्न पाउने छन् ।
युरोपबाट प्ले अफ खेल्नेमा स्विटजरल्यान्ड, इटाली, डेनमार्क, क्रोएसिया, स्विडेन, उत्तरी आयरल्यान्ड, ग्रिस र गणतान्त्रिक आयरल्यान्ड छन् । प्ले अफ खेल्ने अरु देशमा न्युजिल्यान्ड, पेरु, होन्डुरस र अस्ट्रेलिया हुन् ।
यसैगरी चर्चामा रहेर पनि छनोट नभएका देशमा संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड, चिली, वेल्स लगायतका देश छन् ।

प्रतिक्रिया