Bisal Chautari Logo

हङकङले नेपाललाई दियो, १९५ रनको लक्ष्य

- २७ आश्विन २०७४, शुक्रबार ०५:१६ मा प्रकाशित


Hong Kong gave to Nepal 195 runs
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २७ शुत्रबार ।  आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको पहिलो खेलमा नेपालले १९५ रनको लक्ष्य पाएको छ।
                                                                                                                                 फाइल फोटो

मिशन रोड ग्राउण्ड मोङ ककमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रनको योगफल बनाएको थियो ।
नेपालले सुरुवात पनि निकै उत्कृष्ट गर्‍यो । ३.४ ओभरमा हङकङलाई खाता खोल्न नदिई सुसन भारीले हङकङका ओपनर अन्सुमान राथलाई पभिलियनको आउट गरायो ।
त्यसपछि १० औँ ओभरमा बबर हायात आउट भएपछि हङकङ दबाबमा परेको थियो । सुस्त गतिमा रन बनाएको हङकङले ११औं ओभरको पाचौं बलमा ३५ रन बनाउँदा दोस्रो विकेट गुमायो । उसका कप्तान बाबर हायत २९ रनको व्यक्तिगत स्कोरमा दिपेन्द्र सिंह ऐरीको हातबाट रनआउटको सिकार भए ।
नेपालका लागि सन्दीप लामिछानेले ३ तथा वसन्त रेग्मी र करण केसीले २(२ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै ४८ रन खर्चेर ३ विकेट लिएका हुन्।
हङकङका लागि ओपनर जेमी एट्किन्सनले सर्वाधिक ७६ रन बनाए। ११७ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे। यस्तै तनविर अफजलले ४२ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ३८ रन बनाए। कप्तान बाबर हायतले दीपेन्द्र ऐरीको बलमा रनआउट हुनु अघि २६ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २९ रन बनाए।

 

प्रतिक्रिया